|

हुम्ला : कर्णाली प्रदेशकै रूपमा अन्तर्राष्ट्रिय सिमाना जोडिएको हुम्लाको हिल्सा नाकामा पहिलोपटक अध्यगमन कार्यालय स्थापना भएको छ। संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले चीनसँग सिमाना जोडिएको स्थान हिल्सामा अध्यागमन कार्यालयको मंगालबार उद्घाटन गरेपछि औपचारिक रूपमा अध्यगमन कार्यालयको स्थापना भएको हो।

चीनको स्वाशित क्षेत्र तिब्ततसँग जोडिएको हुम्लाको उतरी हिल्सा नाकामा रहेको अध्यागमनको कार्यालय उद्घाटन गरिएको छ। चीन-नेपाल सरकारसँग भएको सम्झौताअनुसार  नेपालकै दोस्राे पश्चिममा पर्ने महत्वपूर्ण नाकाको रूपमा लिएकोले यो प्रदेशको छिटै विकास हुने अध्यागन कार्यालयको उद्घाटन गर्नु पुगेका संघीय सरकारका गृहमन्त्री थापाले सिमकोट विमानस्थमा  प्रेस संगठन नेपालले गरेको पत्रकार भेटघाटमा बताए।  

गृहमन्त्री थापाले पत्रकारसँग सक्षिप्त कुराकानी गर्दै अध्यागमन कार्यालयको स्थापनासँगै अव कर्णाली प्रदेशको मात्रै नभएर सिंगो पश्चिम नेपालकै समृद्धिको नाकाको रूपमा हिल्सा नाकाले विकास गर्ने बताए। यो नाका हुम्लाका मात्र नभई उतर चिनको तिब्तत र दक्षिण भारत लगायत युरोपियन देशसँग पनि जोडने मार्ग भएकोले नेपालको समृद्धिको विकास हुने बताए। यो पवित्रस्थल मानसराेवर कैलाश पर्वत समेत यस क्षेत्रमा पर्ने भएकोले नेपालकै महत्वकाे नाका रहेको पनि बताए। 

अहिले चीन सरकारले आफ्नो देश आसपासमा रहेको नाकामा जोडने नयाँ मार्ग भनेर विकासको ठूलो योजना बनाइएकाले वन रोड वन बेल्ट (एक क्षेत्र एकमा मार्ग) सबै नाका जोड्ने योजना भएकोले नेपालको लागि पनि महत्वपूर्ण विकासको भूमिका खेल्ने बताए। वर्तमन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको पालमा चीनसँग भएको १० बुँदे सहमतिमै औपचारिक रूपमा हिल्सा नाकालाई नेपालको उतरी सिमानामा रहेको दोस्राे नाकाका रूपमा अघि बढाउने कुरा उल्लेख भएता पनि अहिलेसम्म गर्न नसिकएकोले पहिलो पटक हिल्सालाई नेपाल सरकारले निकै प्राथमिकताका साथ लिएको गृहमन्त्री थापाले बताए।

नेपाली सेनाको हेलिकोप्टरमा पुगेका गृहमन्त्री थापाले अब हुम्ला जिल्लाको मात्र नभई कर्णाली प्रदेश र नेपाल कै आशलाग्दो व्यापारिक नाकाको रूपमा स्थापित हुने विश्वास व्यक्त गरे। यस वर्षदेखि कर्णाली प्रदेश सरकारले भन्सार, अध्यागमन, क्वारेनटाइन, सीमा प्रहरी बलका संयुक्त कार्यालय सञ्चालनको लागि पूर्वाधार विकास गर्न चारकरोड बजेट विनियोजित गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए। उनकाअनुसार सिमानामा भौतिक पूर्वाधार निर्माणमा बजेटको अभाव भए थप बजेटको व्यवस्था गरेर पनि यसै आर्थिक वर्षमा निर्माण कार्य पूरा गर्ने बताए।

अध्यागमन कार्यालयको उद्घाटनका गृह सचिव, भन्सार विभागका महानिर्देशक, कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्री, सामाजिकमन्त्री दल रावल,कानुनीमन्त्री नरेश भण्डारी र प्रतिनिधिसभाका संसद छक्कबहादुर लामासहितको उच्च अधिकारीसहित १५ जनाको टोली हुम्लाको सिमकोट हुँदै हिल्सा पुगेका थियो। नेपाली सेनाको एमआई १७ हेलिकाेप्टरबाट हुम्लाको हिल्सामा रहेको अध्यायगमन  कार्यालयको उद्घाटन गरेर मंगलबार नै दैलेख फर्किएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.