|

काठमाडौं : सरकारी स्वामित्वको दुरसंचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले दशैको अवसरमा छुटसहितका सुविधा सार्वजनिक गरेको छ। कम्पनीले दशैंलाई लक्षित गर्दै अनलिमिटेड प्याक, भ्वाईस प्याक, डाटा प्याक, रिचार्जमा बोनस लगायतका सुविधा सार्वजनिक गरेको हो।

कहाँ कस्तो छुट?
अनलिमिटेड प्याक  अन्तर्गत जिएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार ६ सय रुपैयाँमा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध गराइने छ।

सो प्याक अन्तर्गत १ जीबी पिक आवर (विहान ६ बजेदेखि राती १० बजेसम्म) र १ जीबी अफपिक आवर (राती १० देखि विहान ६ बजेसम्म) प्रयोग गर्न सकिन्छ। सोही प्याक ७ दिन समयावधिका लागि मात्र ३ सय रुपैयाँमा समेत उपलब्ध हुनेछ। यसका साथै सो प्याक लिने सेवाग्राहीले वाउटाइम र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सर्भिस निःशुल्क पाउने ब्यबस्था मिलाएको कम्पनीले जानकारी दिएको छ।

भ्वाइस प्याक अन्तर्गत ६ रुपैयाँमा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिने छ। एक दिनका लागि मात्र उपलब्ध हुने सो सुविधा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ। त्यस्तै डाटा प्याक अन्तर्गत ३६ एमबी डाटा ६ रुपैयाँमा एक दिनका लागि उपलब्ध हुनेछ।
 सो डाटा पनि विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ।

यी अफरहरु भने कम्पनीले असोज २४ देखि कार्तिक ७ गतेसम्म उपलब्ध हुनेछन। साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि प्याकेज खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ। कम्पनीले असोज २९ गतेदेखि कार्तिक ४ गतेसम्म १ सय र २ सयको रिचार्जमा १० प्रतिशत र ५ सय र १ हजार रुपैयाँको बोनसमा १५ प्रतिशत बोनस दिने जानकारी दिएको छ।

कम्पनीले असोज ३० गतेदेखि कात्तिक ६ गतेसम्म एडीएसएल/एफटीटीएच/वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ७ गते सम्म थप गर्ने पनि जानकारी दिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.