|

काठमाडौं : नेपालीको महान चाड बडादशैँको अवसरमा चितवनको  सौराहाका बाल गायक प्रिन्स सिलवालले नयाँ गीत बजारमा ल्याएका छन्। बाल गायक सिलवालले दशैँलाई लक्षित गरेर आफ्नो नयाँ गीत 'दशै मनाउने हो' बजारमा ल्याएका हुन्। दशैँका बेला बालबालिकाका लागि रमाइलो होस् भनेर उक्त गीत बजारमा ल्याइएको हो।

'दशैँ मनाउने हो' गीतको शब्द रमेश पाठकको रहेको छ। गीतलाई नरेन्द्र बियोगीले संगीत संयोजन गरेका हुन्। प्रिन्सलाई बाल गायिका दिप्सी भट्टले स्वरमा साथ दिएकी छन्।

दशैँ मनाउने हो, चंगा उडाउने हो 
दशैं मनाउने हो, नाच्दै रमाउने हो 
चच हुईईई... सरररर...।

प्रिन्सको यसअघि ‘न मानामा नापिन्छ माया’ भन्ने गीत रेकर्ड भएर पनि बजारमा आइसकेको छैन। दशैँको अवसर भएकाले आफूले उनको  'दशैँ मनाउने हो' गीतलाई प्राथमिकता दिएर बजारमा ल्याएकोे संगीतकार रमेश पाठकले बताए।

गीतको भिडियो भने बुद्ध लामाले निर्देशन गरेका हुन्। उक्त गीतको भिडियो काठमाडौंको स्वयम्भू र फुटुङ आसपास छायांकन गरिएको थियो। भिडियोलाई दीपेन्द्र भट्टले खिचेका हुन्। दशैँका बेला बालबालिकामा देखिने खुसी र उमंगलाई म्यूजिक भिडियोमा सुन्दर ढंगले प्रस्तुत गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.