|
हेली र ट्रम्प

संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीले राजीनामा दिएकी छन्। साउथ क्यारोलाइनाकि पूर्वगभर्नर हेलीको राजीनामाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई झट्का लागेको रूपमा व्याख्या गरिएको छ। उनको राजीनामाले ट्रम्पलाई पनि छक्का पारेको बताइएको छ।

हेलीले मंगलबार मात्रै राजीनामाको घोषणा गरेकी हुन्। ट्रम्पलाई हेलीले राजीनामा बुझाएकी हुन्। हेलीको राजीनामा स्वीकृत भएको ट्रम्पले जानकारी दिएका छन्। उनले सन् २०१८ को अन्त्यसम्ममा हेलीले संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजूतका रूपमा काम गर्ने र त्यसपछि पदबाट हट्ने बताएका छन्।

ट्रम्पले निकी हेलीसँग फेरि काम गर्न चाहेको बताएका छन्। उनले हेलीलाई मनपर्ने कामको जिम्मेवारी दिने पनि बताएका छन्। ट्रम्पले सन् २०१७ जनवरीमा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतमा नियुक्त गरेका थिए।

हेलीको राजीनामाम ट्रम्प प्रशासनसँगको खटपटका कारण आएको बीबीसीले लेखेको छ। रूस र अमेरिका सम्बन्धबारे केही समय पहिले सार्वजनिक भएको हेलीको प्रतिक्रियालाई ह्वाइट हाउसका अधिकारीले भ्रम भनेका थिए। ह्वाइट हाउसले हेलीको भनाइलाई अश्वीकार गरेको थियो।

हेलीले ट्रम्पले दिएको उक्त जिम्मेवारीका लागि धन्यवाद दिएकी छन्। उनले आफूलाई उक्त पद दिएर सम्मानित गरेको बताएकी छन्। उनले आगामी निर्वाचनमा पनि ट्रम्पलाई सहयोग गर्ने वाचा गरेकी छन्। तर हेली अब अमेरिकाको राष्ट्रपतिको उम्मेदवार बन्ने लक्ष्यमा रहेकी आंकलन पनि गरिन थालेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.