|

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको घोडाघोडी विद्युत् सहकारी संस्थामा स्थानीयहरूले तालाबन्दी गरेका छ्न्। गाउँमा बिजुली पुर्‍याउने भन्दै छ वर्षअगाडि रकम उठाए पनि अझै बिजुली पुर्‍याउन नसकेको भन्दै आक्रोशित स्थानीयहरूले एक विज्ञप्ति निकाल्दै विद्युत् सहकारी संस्थामा तालाबन्दी गरेका हुन्।

घोडाघोडी नगरपालिका वडा नम्बर ४, ५ र ९ मा बिजुली बत्ती जडान गर्ने प्रतिबद्धता जनाएर वडाबाट रकम लिइए पनि अहिलेसम्म बिजुली बत्ती जडान हुन नसकेपछि स्थानीयहरू आक्रोशित बनेका थिए। स्थानीय बासीन्दाले विद्युतीकरण नहुँदासम्म तालाबन्दी यथावत राख्ने चेतावनी दिएका छन्। स्थानीयबासी नरेन्द्र धामीले विगत लामो समयदेखि विद्युत् आपूर्ति गर्ने आवश्वास दिए पनि त्यो पूरा गराउन चासो नदिएको आरोप लगाए। ‘वर्षौं पहिले पैसा उठाएर अहिलेसम्म चासो दिइएन’ उनले गुनासो पोखे।

असोज १ गते काम थाल्ने भनरेर भदौ ४ गते सम्झौता भए पनि त्यो अनुसारको काम हुन नसकेको घोडाघोडी नगरपालिका ४ का वडाध्यक्ष टेक वुढाले बताए। ‘निर्माण कम्पनी र सहकारी संस्था दुवै जनताको समस्या नबुझेको देखिन्छ’ वडाध्यक्ष बुढाले भने। उनले यस विषयमा सरोकारवाला निकायलाई पनि जानकारी गराइएको बताए।

सहकारी संस्थाले २०७५ असोज १ गते बाट बिजुली बत्ती जडानको कार्य गर्ने सहमति गरेको थियो। घोडाघोडी विद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष भीम बडुवालसँग सम्पर्क गर्दा उनको मोबाइल ‘स्वीच अफ’रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.