|

अखिल नेपाल फुटबल संघ एन्फाले साफ यु–१८ महिला फुटबल  च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली किशोरीहरुको टिमलाई जनही ५० हजार दिने घोषणा गरेको छ।

भुटानमा भएको यु–१८ महिला साफ च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग १–० ले पराजित हुँदै उपविजेता बनेको थियो। सेमिफाईनलमा बलियो प्रतिद्वन्द्वी भारतलाई पेनल्टी सुटआउटमा पराजित गर्दे नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको थियो।

त्यस्तै एन्फाले सिक्कीममा हुने गर्भनर गोल्डकपमा नेपालबाट दुई टिमलाई सहभागि गराउने निर्णयपनि गरेको छ। एन्फाले विभागिय टिम एपिएफ र मनाङ मर्याङ्दीलाई गोल्डकपका लागि पठाउने जनाएको छ।

त्यस्तै एन्फाले पेश्की फर्सयाेटका लागि हरि रायामाझीको संयोजकत्वमा तीन सदस्यिय समिति गठन गरेको छ। समितिले ३५ दिन भित्र पेश्किी फस्र्योटका लागि आवश्यक ब्यक्तिहरु र संस्थाहरु तय गरेर पत्रचार गर्ने एन्फाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.