विश्व

संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीद्वारा पदबाट राजीनामा
SHARES

असोज २४, २०७५

    संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीले पदबाट राजीनामा दिएकी छन्।

    साउथ क्यारोलिनाकी पूर्व गभर्नरसमेत रहीसकेकी हेलीको राजीनामाले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई आश्चर्यजनिक तुल्याएको छ। राष्ट्रपति ट्रम्पले उनको राजीनामा स्वीकार गरेका छन्। ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै आगामी दुई–तीन साताभित्रै हेलीको स्थानमा अर्को व्यक्ति पठाइने जानकारी गराएका छन्। उनले निकी हेलीसँग पुनः काम गर्न चाहेको र यसका लागि जुनसुकै पद पनि छान्न सकिने बताए।

    ट्रम्प प्रशासनले हेलीलाई सन् २०१७ को जनवरीमा संयुक्त राष्ट्र संघका लागि राजदूत बनाएको थियो। ४६ वर्षीया हेलीले राजीनामा दिनुपर्नाको कुनै कारण खुलाएकी छैनन्। उनले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनको तयारीका लागि राजीनामा दिएको हुनसक्ने आंकलन गरिएको छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]