|

पोखरा : मालपोत कार्यालय कास्कीका अधिकृत र खरिदार ५० हजार घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले उनीहहरुलाई सेवाग्राहीसँग घुस लिँदालिँदै मंगलबार अपराह्न ५ बजे पक्राउ गरेको हो। पक्राउ पर्नेमा अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मा रहेको अख्तियार कार्यालयले जनाएको छ।

दिनभरी काम नगरेर अपराह्नसम्म कुराएका अधिकृत र खरिदारले ५० हजार घुस लिएर काम गरिदिन लागेका थिए। उनीहरुले जग्गा धितोबन्धक राख्न आएका सेवाग्राहीसँग घुस लिएका हुन्। पक्राउ परेका दुवैलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको अख्तियार कार्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.