|

काठमाडौं : आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रिय छनोट प्रतियोगिता चीनले नेपाललाई २७ रनको चुनौती पेश गरेको छ। 

मलेसियाको बायुमास ओभल मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चीनले १३ ओभरमा अलआउट हुँदै २६ रन बनायो। चीनका लागि होङ जिङ यानले ११ रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्।  सात खेलाडी शून्यमा अाउट भए।  खेलमा चीनले ९ रन अतिरिक्त रन पाएको थियो। 

चीनको व्याटिङ लाइनलाई धरासायी पार्न नेपालका सन्दीप लामिछाने, वसन्त रेग्मी र ललित राजबंशीले समान तीन तीन विकेट लिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.