|

काठमाडौं : आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रिय छनोट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ। 

मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा चीनको २७ रनको चुनौती नेपालले दास्रो ओभरमै भेट्टायो। नेपालले पहिलो ओभरमै २१ रन लिएको थियो। नेपालका लागि बसन्त भण्डारीले २४ रन बनाए भने प्रदीपसिंह ऐरीले ४ रन बनाए। 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीनले १३ ओभरमा अलआउट हुँदै २६ रन बनायो। चीनका लागि होङ जिङ यानले ११ रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्। खेलमा चीनले ९ रन अतिरिक्त पाएको थियो। 

चीनको व्याटिङ लाइनलाई धरासायी पार्न नेपालका सन्दीप लामिछाने, वसन्त रेग्मी र ललित राजबंशीले समान तीन तीन विकेट लिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.