|

पोखरा : जिल्ला सरकारी वकिल कार्यालय कास्कीका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुस लिँदै गरेको अवस्था पक्राउ परेका छन्।

अख्तियार दुरुपोग अनुसन्धान आयोग पोखराको टोलीले सहन्यायधिवक्ता घुस लिँदालिँदै पक्राउ गरेको हो। ठगी मुद्दा पुनरावेदन नगर्ने भन्दै पाँच लाख लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियार कार्यालय पोखराका प्रवक्ता रमेश ढकालले जानकारी दिए।

‘हामी अहिले स्ट्रिङ अप्रेशनलाई चुस्त रुपमा लगेका छौँ,’ ढकालले भने, ‘हामीले सूचना पाएकै आधारमा हिजोदेखि अनुसन्धानमा थियौँ। आज बिहान पौने ९ बजे कार्यालयबाटै पक्राउ गरियो।’

अख्तियार पोखराको टोलीले मंगलबार मालपोत कार्यालय कास्कीका दुई जनालाई ५० हजार घुस सहित पक्राउ गरेको थियो । 

मालपोतका अधिकृत र खरिदार घुससहित पक्राउ

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.