|

काठमाडाैं : नेपालीहरुको पर्व वडादसैं आजदेखि सुरु भएको छ।  यो पर्व प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडा दशैंको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। 

बिहान शुभमुहूर्तमा दसैँघर तथा  शक्तिपीठमा विशेष घडा थापिन्छ। यो घडामा विभिन्न देवीदेवताको आवाहन गरी पूजा गरिन्छ। यही घडामा भगवती दुर्गाको विशेष पूजा गरिन्छ र जौ छरिन्छ। विभिन्न जाति सम्प्रदायमा धान, गहुँ र मकैलगायत अन्न पनि छर्ने चलन छ

घटस्थापनाको शुभ साइत बिहान ७ बजेर १५ मिनेटमा परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैँ घरमा वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु भएको छ।

दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आवाहन गरी पूजा हुन्छ।

महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकको रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा  छ।

हनुमान ढोकाको दशैं घरमा जमरा राखिदै गरेका केहि फोटोहरु :

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.