|

काठमाडौंः प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ललितपुर ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक सिताराम हाछेथुको प्रशंशा गरेका छन्। ललितपुर ट्राफिक प्रहरीको नयाँ भवन उद्घाटन गर्दै महानिरीक्षकले अरु सबै प्रहरी अधिकृतहरुलाई पनि हाछेथुले जस्तै काम गर्न निर्देशन दिएका छन्। 

अहिले प्रहरी संगठनमा निलम्बन र कारबाही चलिरहेको बेला हाछेथुले प्रशंशनीय काम गरेको बताए। ललितपुरमा हाछेथुको सक्रियतामा २ करोड १६ लाखको लगानीमा नयाँ ट्राफिक प्रहरी कार्यालय बनेको हो। १ सय ९८ जना नागरिकको सहयोगमा उक्त भवन निर्माण भएको हो भने यसको पहल हाछेथुले गरेका थिए। 

साथै आइजी खनालले प्रहरीमा व्यक्तिले गरेको गल्तीलाई लिएर संगठनकै बेइजत हुने गरेर नबोल्न समेत आग्रह गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.