|

सुर्खेत : मध्यपश्चिमाअञ्चल विश्वविद्यालय जस्तो प्राज्ञिक स्थल आन्दोलन र तालाबन्दी गर्ने प्रमुख थलो भएको भन्दै जनप्रतिनिधिहरूले आपत्ति जनाएका छन्। 

नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनको संयुक्त आयोजनामा बिहीबार आयोजित दशैं, तिहार तथा छठको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनीहरूले विश्वविद्यालय जस्तो प्राज्ञिक स्थल राजनीतिक गर्ने थलोको रूपमा चिनिएको भन्दै आक्रोश पोखेका हुन्। 

उनीहरूले अहिले पनि विश्वविद्यालय प्रशासनमा ताला लागेको भन्दै तत्काल समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका छन्।  कार्यक्रममा बोल्दै सुर्खेत क्षेत्रनम्बर –२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नवराज रावतले विश्वविद्यालय कर्णालीवासीको मिहिनेतले बनेको भन्दै यसको संरक्षण गर्नु सबैको दायित्व रहेको बताए। उनले भने ‘विश्वविद्यालयमा तालाबन्दी भइरहनु ठीक होइन, तत्काल समस्या समाधान गरेर त्यसको अन्त्य गर्नु पर्दछ।’

विश्वविद्यालयका उपकुलपति प्रध्यापक डाक्टर उपेन्द्रकुमार कोइरालाले आफु म्यादी प्रहरी जस्तो भएको र विश्वविद्यालयको विकासमा अहोरात्र खटेको भन्दै विश्वविद्यालयले आफनो कार्यकालमा उत्कृष्ट काम गरेको दावी गरे। ‘अब विश्वविद्यालयलाई अगाडि बढाउने जिम्मा पुनः नेताहरूकै हातमा रहेको छ।’ उनले थपे।
कर्णाली प्रदेशसभाका सदस्यहरू अम्मरबहादुर थापा, ठम्मर विष्ट, सुशील थापा, नेकपा कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्मा, नेताहरू नरबहादुर विष्ट, कृष्ण जिसी, अमृत विसी, मोहन बडुवाल, बालाराम शर्मा लगायतले विश्वविद्यालयको उन्नति हेर्न चाहेको र सोहीबमोजिम काम गर्न आग्रह गरे।

यसैबीच, मध्यपश्चिमाञ्चल विश्वविद्यालय प्रशासनमा प्रजातान्त्रिक प्रध्यापक संघठनले ताला बन्दी गरेको छ। केही दिन अगामीमात्र विश्वविद्यालयले नियुिक्त गरेको परीक्षा व्यवस्थापन प्रमुख, मानविकी र सामाजिकशास्त्र केन्द्रीय क्याम्पसका प्रमुख र कार्यकारी परिषदका सदस्य लगायतको पदमा नियूक्ति गर्दा उपकुलपतिले एकलौटि रुपमा गरेको भन्दै ताला बन्दी गरेको  प्रजातान्त्रिक प्रध्यापक संघठनले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.