|

बैतडी : बलात्कारका घटना बढ्न थालेपछि महिला र किशोरीका लागि बैतडीमा आत्मरक्षा तालिम सुरु भएको छ। पहिलो चरणमा पाटन नगरपालिकाका  महिला र किशोरीहरूलाई  तालिम दिन सुरु गरिएको हो। पछिल्लो समय महिलाहरू माथि गरिने विभिन्न प्रकारका हिंसा र बलात्कारका घट्ना बढिरहेकोले यस्ता घट्नालाई कसरी प्रतिकार गर्ने भनेर सिकाउनका लागि तालिम दिन सुरु गरिएको जिल्ला खेलकुद विकास समिति बैतडीका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिए।

भण्डारीका अनुसार तालिममा पाटनका करिब ३ सय छात्राहरुको सहभागिता रहेको छ। अहिले जिल्लाको पाटन नगरपालिकामा दिन सुरु गरिएको तालिम विस्तारै जिल्लाभर दिने योजना रहेको भण्डारीले बताए।  ‘महिला सशक्त्तीकरणका लागि हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ भन्ने नाराका साथ राष्ट्रपति  खेलकुद महिला सहभागीता अभिवृद्धि कार्यक्रम २०७५ अन्तर्गत छात्राहरूलाई तालिम दिन सुरु गरिएको आयोजकले जनाएको छ।

कसैले कपाल, हात वा शरीरका कुनै अंग समात्यो भने कसरी फुत्कने?, पछाडिबाट अंगालो हाल्यो भने कसरी छुटकारा पाउने?, संवेदनशील अंग समात्यो भने कसरी छुटाउने ?, कतै लैजान थाल्यो भने कसरी छुटकारा पाउने? जस्ता तरिका पनि तालिममा सिकाइँदै छ।  राष्ट्रिय खेलकुद परिषद्को आयोजना र जिल्ला खेलकुद विकास समितिको सम्मन्वयमा तालिमको आयोजना गरिएको हो। तालिम कुरोदय मास्लार्ट एसोसियसनका महासचिव सुरेन्द्र विष्टले दिइरहेका छन्। तालिम ३ दिनेसम्म सञ्चालन हुने जनाइएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.