खेलकुद

मछिन्द्र र च्यासलबीच खेल हुँदै
SHARES

असोज २४, २०७५

    काठमाडौं: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज मछिन्द्र क्लब र च्यासल युथ क्लबबीच खेल हुँदैछ। 

    यही असोज १३ गतेदेखि शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको लिग आजदेखि पुनः सञ्चालन हुन लागेको हो। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा आज दिउँसो ३ बजे मछिन्द्र र च्यासलबीच खेल हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए। एन्फाले असोज २४, २५ र २६ गतेभित्र पहिलो चरणको खेल सम्पन्न गर्ने तथा त्यसपछि दशैँ, तिहार र छठ अवधिभर लिग स्थगित गर्ने जनाएको छ। 

    असोज २५ गते फ्रेण्ड्स क्लब र थ्री स्टार क्लबबीच तथा सोही दिन जावालाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ। असोज २६ गते एन्फा मैदानमै हिमालयन शेर्पा क्लब र एपिएफबीच तथा अर्को खेल ब्रिगेड ब्वाइज क्लब र मनाङ मस्र्याङ्दीबीच हुनेछ। उद्घाटन खेलमा न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मीले अङ्क बाँडेका थिए भने अर्को खेलमा सरस्वती युथ क्लबलाई पराजित गर्दै सङ्कटा क्लब विजयी भएको थियो। 

    लिगका खेल तेह्र चरणसम्म खेलाइनेछन्। राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन्। लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख, चौथोले रु १५ लाख, पाँचाँैले रु सात लाख र छैटौँले रु पाँच लाख पुरस्कार पाउनेछ । फेयर प्ले टिमले रु एक लाख तथा प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार र म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार पुरस्कार प्रदान गरिनेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]