काठमाडौं : उपन्यास कसरी लेख्ने? लेखनको सरलता र भाषाको सुन्दरता उपन्यासमा कसरी राख्ने? मन छुने कसरी बनाउने? 'बेटर ने...

काठमाडौं : योगेश घिमिरेको निर्देशनमा बन्ने नयाँ फिल्मको नाम 'राधा २’ नरहने भएको छ। बुधबार राजधानीमा फिल्मको शुभ मुहूर्त गर्दै नाम परिवर्तन गरिएको हो। फिल्मको नाम 'प्रेम दिवस' राखिएको छ।
घटस्थापनाको अवसर पारेर गरिएको शुभ मुहूर्तमा फिल्मका मुख्य दुई कलाकार प्रियंका कार्की र आयुष्मन देशराज जोशी उपस्थित थिएनन्। त्यहाँ निर्देशक घिमिरे, निर्माता संजय गौतम, लेखक प्रदीप भारद्वाज र नव नायक विशाल खरेल उपस्थित थिए।
म्युजिकल लभस्टोरी फिल्ममा वसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत रहने छ। कात्तिक ८ गतेबाट छायांकनमा जाने यस फिल्माई हरि लामाले खिच्नेछन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।