|

काठमाडौं :  केही दिनदेखि चर्चा पाएको काठमाडौं क्षेत्र नं ७ मा वामदेव गौतमलाई चुनाव उठाउने विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूले हार्ने वा भइरहेको सिट गुम्ने गरी चुनाव नहुने बताएका छन्। पाथीभरा सद्भावना दूत परिचयपत्र वितरण तथा दशैँ तिहार, नेपाल सम्बत्, छठ, ल्होछार, ईद, चासोक तङ्नामको सन्दर्भमा आयोजना गरिएको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्।

‘कोही कसैलाई पाँच वर्ष सरकार टिक्नै सक्दैन भन्ने लागेको पनि हुन सक्छ तर पाँच वर्ष सरकार टिक्न कुनै व्यवधान छैन‘ अध्यक्ष प्रचण्डले भने, ‘हामी जनताका लागि विकास र सुशासन कायम गर्ने विषयमा प्रतिबद्ध छौँ।‘ आफूहरू राम्रो कामका लागि योजना बनाएरै अगाडि बढ्ने र सोचेर मात्र काम गर्ने पनि उनले बताए।

अहिले कनेक्टिभिटीको युग भएको र भ्रष्टाचार अन्त्यको गर्नैपर्ने युग भएको अध्यक्षको भनाइ छ।  विकासका निम्ति चाहिने सबै कुरा भएर पनि राजनीतिक नेतृत्वको इच्छाशक्ति र भिजनको अभावमा हामी पछाडि पर्नुपरेको उनको भनाइ छ।  अब झगडा छाडेर काममा लाग्ने बेला आएको उनले बताए। उनले भने, ‘हामीसँग सुनौलो अवसर इतिहासले दिएको छ। यो चुनौती पनि हो। हामी विकास निर्माणको पक्षमा काम गरेर प्रमाणित गर्नुपर्छ,‘उनले थपे, ‘प्रतिपक्षले कहानेर सरकारले गल्ती गर्छ र आलोचना गर्न पाइएला भनेर ठाउँ त खोजिरहेको छ। उहाँहरु पनि विकास निर्माण र समृद्धि भनेर भन्नैपर्ने अवस्थामा हुनुहुन्छ‘ भारत र चीनसँगको सम्झौता, ट्रेड टान्जेक्शन, रेल लगायतका थुप्रै कामहरू गरेको र राम्रै गृहकार्य गरेर जनताले देख्‍नेगरी सुशासन र विकासका निम्ति कदम चाल्ने राम्रै छलफल भइरहेको पनि अध्यक्ष दाहालले सुनाए। वामदेव गौतमलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट उठाउनका सोही क्षेत्रबाट निर्वाचित सांसद रामवीर मानन्धरले राजीनामाको घोषणा गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.