|
फाइल तस्बिर

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको असोज २७ गते बस्ने भनिएको सचिवालय बैठक आगामी कार्तिक ४ र ५ गतेका लागि सरेको छ।

 पछिल्लो पटक असोज २४ गते बस्ने भनिएको सचिवालय बैठक नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण २७ गतेका लागि सरेको थियो। तर दशैँका कारण बैठक नबस्ने भएको नेकपा स्रोतले बताएको छ।

नेकपाका दुई अध्यक्ष ओली र प्रचण्ड बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेर बैठक सार्ने सहमति गरेको बालुवाटार स्रोतले जनाएको छ। यसैबीच कात्तिक १२ र १३ गते स्थायी समिति बैठक बस्ने तय भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.