खेलकुद

शहीद स्मारक ‘ए’ डिभिजन लिग : च्यासल र मच्छिन्द्र बराबरी
SHARES

असोज २४, २०७५

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल र मच्छिन्द्र क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा अधिकांश समय बल नियन्त्रणमा लिए पनि च्यासलले गोल गर्न सकेन।

    मछिन्द्रका गोलरक्षक दीप कार्कीले उत्कृष्ट प्रदर्शन गर्दा राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्तीमगरको टोली अंक बाँड्न बाध्य भयो। प्रतिस्पर्धात्मक बनेको खेलको ३१ औँ मिनेटमा च्यासलले गोलको सुन्दर मौका पाए पनि सफल हुन सकेन।

    च्यासलले ३५औँ मिनेटमा अर्को अवसर पाएको थियो तर, विश्व अधिकारीले पेनाल्टी एरियाबाट गरेको प्रहार क्रसबारमा लागेर बाहिरियो। ६५औँ मिनेटमा च्यासलले अर्को मौका पाए पनि उसका स्ट्राइकर सफल भएनन्। ७५औँ मिनेटमा मच्छिन्द्रका डिफेण्डरले स्ट्राइकर बिमल घर्तीमगरलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा च्यासलका हेमन्त थापामगर चुके।

    उनको प्रहार मच्छिन्द्रका गोलरक्षक दीप कार्कीले रोकेका थिए। त्यसयता गोल हुन सकेन। लिग अन्तर्गत बिहीबार दुई खेल हुनेछन्। बिहान ११ बजे हुने पहिलो खेल फ्रेन्ड्स क्लब र थ्रीस्टार तथा दिउँसो ३ बजे जावलाखेल र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]