काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले सुशासन दिन नसकेको आरोप लगाएका छन्।
नेता कोइरालाले मुलुकलाई समृद्ध बनाउने नारालाई सफल बनाउन लोकतान्त्रिक र पारदर्शी ढंगले अघि बढ्न पनि सरकारलाई सुझाव दिए। बुधबार दशैँको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको शूभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले दुई तिहाईको वर्तमान सरकारलाई ‘फेल’ हुने छुट नरहेको पनि स्मरण गराए।
कांग्रेस नेता कोइरालाले सभ्य समाज निर्माणका लागि धर्म, संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने आवश्यक्ता रहेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।