|

सुर्खेत : कर्णाली प्रदेश सार्वजनिक लेखा समितिले ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ मा भएको खर्च विवरण १५ दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। 

बुधबार बसेको समितिको चौथो बैठकले पर्यटन वर्ष उद्घाटनका क्रममा भएको खर्चको विस्तृत विवरण माग गरेको हो। नयाँ वर्षको अवसर पारेर बैशाख १ गते मुगुको रारातालबाट उद्घाटन गरिएको पर्यटन वर्षमा लाखौँको अनियमितता भएको आरोप लाग्दै आएको छ। 

प्रदेश सरकारले पर्यटन वर्षका लागि ३० लाख रुपैयाँ विनियोजन गरेको थियो। गत जेठमा खर्च विवरण सार्वजनिक गर्न माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेपछि प्रदेश सरकारले पर्यटन वर्ष उद्घाटनमा ६३ लाख ८१ हजार ७९५  रुपियाँ खर्च भएको विवरण सार्वजनिक गरेको थियो। ‘कर्णाली–रारा पर्यटन वर्ष’को उद्घाटनका क्रममा भएको खर्चको बिल-भर्पाईसहित १५ दिनभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएको अध्यक्ष दीनबन्धु श्रेष्ठले बताए।

‘अहिलेसम्मको बजेट कुन आधार र कुन ऐनमा टेकेर खर्च भएको छ त्यसको पनि विवरण मागेका छौँ’ अध्यक्ष श्रेष्ठले भने, ‘विवरण आएपछि विस्तृत अध्ययन गछौँ।’
समितिले आर्थिक वर्ष २०७४\०७५ को बजेटको योजना र खर्चको विवरण तथा चालु आर्थिक वर्षको असोज समान्तसम्मको योजना र खर्चको विवरण पनि माग गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.