|

कमेडी मार्फत दुनियाँभरका चर्चित बनेका भारतीय कलाकार कपिल शर्मा फेरि कमेडी शो ल्याउन लागेका छन्। उनी लामो समयपछि सानो पर्दा मार्फत दुनियाँभर रहेका आफ्ना फ्यानहरूमाझ आउन लागेका हुन्।

भारतीय हास्य कलाकार शर्माको एक समय यस्तो थियो कि उनको टिभी शो भारत र बाहिर पनि सबैभन्दा बढी हेरिन्थ्यो। उनले काम गर्ने टिभीको टीआरपीको उकालो चढाइ तीव्र रफ्तारमा थियो।

समय बित्दै जाँदा, सफलताको उत्कर्षमा रहेका बेला कपिल शर्माले पटकपटक विविध समस्याको सामना गर्नुपरेको थियो। सुरुमा उनले कलर्स च्यानलबाट छोड्नुपर्‍यो र सोनी च्यानल रोजे। त्यहाँ उनको राम्रै चलिरहेको थियो सँगै कामगर्ने साथीहरूसँग सम्बन्ध राम्रो हुन सकेन। खासगरी गुत्थी र डा. गुलाटी को भूमिकामा रहेका सुनील ग्रोबरसँग उनको सम्बन्ध राम्रो हुन सकेन। दि कपिल शर्मा शो का लागि ग्रोबर यस्ता कलाकार बनेका थिए कि कपिललाई भन्दापनि ग्रोबरलाई दर्शकले बढी मन पराउन थालेका थिए।

ग्रोबरले शो छोडेपछि कपिल शर्माको शो केही समय मात्र चल्यो। कपिल पनि शारीरिक र मानसिक समस्याबाट गुज्रिन पुगे। लामो समयपछि कपिल फेरि आउन लागेको बीबीसीले लेखेको छ।

कपिल अबको दुई महिनापछि कपिल 'द कपिल शर्मा शो २' का साथ सोनी च्यानलमा आउन लागेका छन्। उनलाई यसबीच प्रसंशकले धेरैपटक प्रश्न गरेका थिए कि कहिले आउँदै छौ भनेर। उनले अब आफ्नो कामबाट धेरैदिन टाढा रहन नसक्ने भन्दै नयाँ शो का साथमा फर्कन लागेको बताएका छन्।

उनले आफू रक्सीको कुलतमा फस्नु पनि कामबाट टाढा रहनुको कारण रहेको स्वीकार गरेका छन्। उनले अहिले आएर सबै कुलत छोडिसकेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.