|

नरेन्द्र मोदी सरकारका एक मन्त्रीमाथि यौन उत्पीडनको आरोप सार्वजनिक भएको छ। भारतमा जारी #MeToo अभियान अन्तर्गत भारतका विदेश राज्यमन्त्री एमजे अकबरलाई यौन उत्पीडन गरेको आरोप लागेको छ।

महिलाहरूले आफूमाथि भएको यौन उत्पीडनबारे खुलेर बोलिरहेको ह्यासट्याग मी टू अभियानले यसअघि कतिपय कलाकार र पत्रकारहरूलाई यौन हिंसा गरेको आरोप लागेको छ। सोही बमोजिम कतिपयले आफ्नो जागिरबाट राजीनामा दिनुपरेको छ भने कतिपयले कामबाट हात धुनुपरेको छ।

वर्तमान सरकारका मन्त्री अकबर पत्रकार पनि हुन्। उनलाई युवतीहरूलाई विभिन्न छलफल र कार्यक्रमका लागि होटलमा बोलाउने रहेको छ। यस आरोपबारे अकबर वा विदेश मन्त्रालय कसैले पनि सार्वजनिक रूपमा टिप्पणी गर्न अस्वीकार गरेको बीबीसीले लेखेको छ।

केन्द्रीय महिला एवं बाल कल्याणमन्त्री मेनका गान्धीले भने राजनेतामाथि लागेको आरोपको पनि छानबिन हुनुपर्ने बताएकी छन्। उनले सबै आरोपको छानबिन हुनुपर्ने बताएकी छन्।

भारतमा #MeToo अभियानमा आरोपित हुने सबैभन्दा ठूलो ओहदाका व्यक्ति बनेका छन् राज्यमन्त्री अकबर। भारतका सबैभन्दा प्रभावशाली सम्पादक रहेका अकबरले द टेलीग्राफ़, द एशियन एज का लागि सम्पादक र इंडिया टुडे का लागि एडिटोरियल डायरेक्टर बनिसकेका छन्।

अकबरको नाम सोमबार वरिष्ठ पत्रकार प्रिया रमानीले लिएकी थिइन्। उनले एक वर्ष पहिले वोग इन्डिया का लागि 'टू द हार्वे वाइंस्टींस ऑफ़ द वर्ल्ड' नामक लेख सामाजिक सञ्जालमा सेयर गर्दै आफूमाथि कार्यालयमा भएको यौन उत्पीडनको अनुभव सार्वजनिक गरेकी थिइन्। यसअघि उनले उक्त उत्पीडन कसले गरेका थिए भन्ने उल्लेख गरेकी थिइनन् तर सोमबार भने उक्त लेख एमजे अकबर बारे भएको खुलासा गरेकी थिइन्।

त्यसपछि अन्य पाँच महिलाले पनि अकबरले आफूमाथि उत्पीडन गरेको सार्वजनिक रूपमा आफ्ना धारणा सार्वजनिक गरेका छन्। पछिल्लो समय अकबरका साथै कलाकार आलोक नाथ र फिल्म निर्देशक विकास बहलमाथि पनि यौन उत्पीडन गरेको आरोप लागेको छ।

आलोक नाथले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् भने विकास बहल र अकबरले कुनै प्रतिक्रिया जनाएका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.