|

दक्षिण अफ्रिका र जिम्बावेबिच जारी ३ खेलको टी–२० सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ। बुधबार भएको खेलमा दक्षिण अफ्रीकाले जिम्बावेलाई ३४ रनले हराएको हो।

इष्ट लण्डनमा दक्षिण अफ्रीकाले दिएको १ सय ६१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावेले  १७ ओभर २ बलमा अलआउट हुँदै १२६ रन मात्र जोड्न सक्यो। जिम्बावेका पिटर मुरले ४४ रन जोडेपनि अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।

त्यस्तै ब्रेण्डन मभुताले २८ रन जोडे । जिम्बावेलाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका इमरान ताहिरले ५ विकेट लिए । उनले मात्र २३ रन खर्चिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पुरै २० ओभरमा ६ विकेट गुमाएर १६० रन जोडेको थियो । दक्षिण अफ्रीकाका लागि रस्सी भान डेर डुसेनले ५६ रनको अर्धसतकिय इनिङ खेलेका थिए।

त्यस्तै डेभिड मिलरले ३९ रन जोड्दा कप्तान फाप डु प्लेसिसले ३४ रन जोडे । जिम्बावेका केली जार्भिसले ३ विकेट लिएका थिए। जितपछि सिरिजमा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.