विश्व

अमेरिकामा शक्तिशाली आँधी १३ को मृत्यु, चार लाख प्रभावित
SHARES

असोज २५, २०७५

    मध्य अमेरिकामा शक्तिशाली आँधीका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ।

    अमेरिकाको उत्तर–पश्चिम राज्य फ्लोरिडालाई सबैभन्दा बढी प्रभावित पार्ने गरी आएको माइकेल नामक आँधीले त्यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ। आँधीका कारण होन्डुरसमा ६ जना, गिकारागुवामा चार र एल साल्भाडोरमा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

    फ्लोरिडा हुँदै आएको आँधीले अलबामा र जर्जियालाई पनि प्रभाव पारेको छ। प्रतिघण्टा दुई सय किलोमिटरको गतिमा आएको आँधीले त्यहाँका सयौँ घरमा क्षति पुर्‍याएको छ। रुखहरु ढल्दा यातायात अवरुद्ध भएको छ। फ्लोरिडाका मात्रै तीन लाख ७० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

    यो फ्लोरिडामा सय वर्षपछिको शक्तिशाली आँधी भएको अधिकारीहरुले जनाएका छन्।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]