चितवन : भरतपुर महानगरपालिकामा सञ्चालित दुई पानी उद्योगमा सिलबन्दी गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र जिल्ला प्रशासन क...

इलाम : इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालिले परीक्षण उत्पादन शुरु गरेको छ। इलाम नगरपालिका–५ बरबोटे र माईजोगमाई–४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको उक्त जलविद्युत आयोजनाबाट बुधबारदेखि परीक्षण उत्पादन थालिएको हो।
उक्त आयोजना सम्पन्न भर्इ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई हाइड्रोको जिल्ला भन्न थालिएको छ। इलामबाट हालसम्ममा ११ विद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् भने बाँकी चार आयोजना निर्माणाधीन अवस्थामा छन्। उक्त आयोजनाको परीक्षण उत्पादनसँगै अब सात दशमलब ८ मेघावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ।
आयोजनाका प्रबन्ध निर्देशक माधवप्रसाद मैनालीका अनुसार २०७३ चैतदेखि निर्माण सुरु भएको यस आयोजनाले निर्धारित समयभन्दा २२ महिनाअगावै विद्युत् उत्पादन गर्न सुरु गरेको र अब १५ दिनदेखि नियमित उत्पादन थाल्ने भएको छ। उक्त आयोजना निर्माणका लागि सिद्धार्थ बैंक, सानिमा बैंक, सेञ्चुरी कमर्सियल बैंक र ज्योति विकास बैंकले एक अर्ब ५० लाख रुपैयाँ संयुक्त लगानी गरेकामा काम छिटै सम्पन्न भएकाले करिब सात लाख रुपैयाँ रकम बचत हुनसक्ने उक्त उक्त प्रालीका अध्यक्ष मोहन कार्कीले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।