|

काठमाडौं : प्रहरी ऐन १०१२ मा लालमोहर लगाइएको दिनको सम्झनामा बिहीबार प्रहरी दिवस मनाइएको छ।

प्रहरी प्रधान कार्यालयले आयोजना गरेको ६३ औं प्रहरी दिवस विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो।

समारोहमा १३ वटा विधाका उत्कृष्ट व्यक्तित्वहरुलाई पुरस्कृत गरिएको छ। सर्वसाधरणतर्फ प्रहरीलाई सहयोग गर्ने दाता र साहित्यकार एवं लेखक पुरस्कृत भएका छन्। 

संगठनभित्रबाट सर्वोत्कृष्ट ट्राफिक प्राविधिक, व्यवस्थापक, प्रशिक्षक, खेलाडी, अनुसन्धानकर्ता, आन्तरिक तथा बाह्य प्रशिक्षक, दैविक प्रकोप उद्धारक, उत्कृष्ट सामदायिक प्रहरी लगायत सम्मानित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.