|

काठमाडौं : फिल्म 'रणवीर'को मोसन पोष्टर सार्वजनिक भएको छ। माघ १८ गतेलाई प्रदर्शन मिति तय गर्दै निर्माण युनिटले मोसन पोष्टर सार्वजनिक गरेको हो। एक्सन, सस्पेन्स र थ्रिल मिश्रित पोष्टरमा फिल्मका मुख्य दुई कलाकार प्रशान्त ताम्राकार र सुशील सिटौलालाई रिसाहा अवतारमा प्रस्तुत गरिएको छ।

मोसन पोष्टरमार्फत फिल्मको कथालाई देखाउन खोजिएको निर्देशक गोविन्द सिंह भण्डारीले बताए।  उनले भने, 'एक्सन, सस्पेन्स र थ्रिल मिश्रित फिल्मलाई हामीले पूर्ण मनोरन्जनात्मक बनाउने कोसिस गरिरहेका छौ। प्रस्तुतिको हिसाबमा दर्शकले यस फिल्ममा केहि नयाँ पन महसुस गर्नु हुनेछ।'

दिपेन्द्र रेग्मी र गोमा विष्टको संयुक्त लगानी रहेको फिल्ममा प्रशान्त र सुशीलसँगै सुपुष्पा भट्ट, टिका पहाडी, रवी गिरी, नरेश पौडेल, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्ट, शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ। यसै फिल्ममार्फत मोडलिङ क्षेत्रको चर्चित नाम शुभेच्छा खड्का डेब्यु गर्दैछिन्।

हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहने यस फिल्ममा गम्भीर विष्ट र सुरेन बसेलले कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द्व, महेश पौडेलको छायांकन रहने छ।

हेर्नुहोस् मोसन पोष्टर :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.