|

काठमाडौं : आशिष सचिन र मेलिना राईको स्वरमा रहेको नयाँ गीत ’पिरिम नलाउने’ सार्वजनिक भएको छ। सार्वजनिक उक्त गीतमा दीपक शर्माको शब्द तथा संगीत सुन्न सकिन्छ।

पछिल्लो समय फिल्म ’छक्का पञ्जा ३’ मा समावेश गीत 'पहिलो नम्बरमा'मार्फत चर्चामा रहेका दीपकले यस गीतलाई फिल्मी शैलीमा कम्पोज गरेको बताए।

दसैँको माहोल झल्किने भिडियोमा गायक आशिष सचिन र बर्षा राउतको अभिनय रहेको छ। सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको भिडियोमा प्रेमिकाको गुनासो र प्रेमीको परिस्थितिलाई देखाउन खोजिएको छ।

उत्सव दाहालको छायांकन रहेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका छन्। भिडियोमा गम्भीर विष्टको नृत्य निर्देशन रहेको छ।

हेर्नुहोस् गीत :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.