|

काठमाडौं : नेपाल खाद्य संस्थानले शुक्रबारदेखि दशैँका लागि खसीबोका र च्याङग्रा बिक्रीवितरण सुरु गर्ने भएको छ। नेपाल खाद्य संस्थान, बागमती अंचल कार्यालयले थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबारदेखि दशैँका लागि खसी, बोका र च्याङग्रा विक्री वितरणको काम सुरु गर्ने जानकारी गराएको हो।

संस्थानका लागि बागमती अंचल कार्यालय प्रमुख सुरेन्द्रराज विष्टले बिक्रीका लागि बिहीबार बिहानसम्म ९० वटा खसी, बोका र ५ सय ५० वटा च्याङग्रा काठमाडौं आइपुगेको जानकारी दिए। भोलिसम्म मुस्ताङबाट १ हजारवटा च्याङग्रा काठमाडौं ल्याउने योजना बनाइएको छ भने हेटौँडाबाट ९ सय १० वटा खसी, बोका काठमाडौं ल्याउने संस्थानको योजना छ। शुक्रबार बिहान ८ बजेदेखिबाट खसी, बोका र च्याङग्रा बिक्री वितरण हुनेछ।

बजार भाउलाई हेरेर सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको मूल्य निर्धारण गर्ने पनि संस्थानले जनाएको छ। संस्थानका बागमती अंचल कार्यालयका प्रमुख विष्टले बजारको भन्दा सस्तो मूल्यमा मासुको विक्री वितरण हुने बताए। बिहीबार बेलुकासम्म संस्थानले मासुको मूल्य निर्धारण हुने पनि स्पष्ट पारेको छ।

संस्थानले हरेक वर्ष थापाथलीस्थित बागमती अंचल कार्यालय परिसरबाट दशैँका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्रा विक्री वितरण गर्ने गरेको छ। यस वर्ष बाटो अप्ठयारो भएका कारण मुस्ताङबाट च्याङग्रा ल्याउन कठिनाई भइरहेको पनि संस्थानले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.