|

दाङ : दाङमा भएको दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन्। दाङको दंगीशरण गाउँपालिका ७ श्रीगाउँमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजना गम्भीर घाइते भएका हुन्।  

बिहीबार बिहान ९ बजे भएको दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका २ निवासी ३९ वर्षीय प्रकास केसी र उनकी श्रीमती ३६ वर्षीय सुनिता केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। उनीहरूको दुबैको खुट्टाको हड्डि फ्याक्चर भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए। उनीहरूलाई थप उपचारका लागि हेलिकाेप्टरमार्फत काठमाडौं लगिएको उनले बताए। 

हापुरेबाट तुलसीपुर आउँदै गरेको ग १ ख ७७०३ नम्बरको बस र तुलसीपुरबाट हापुरेतर्फ जाँदै गरेको रा २ प २८६९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.