समाज

सुन भन्दै झुक्याएर पहेँलो वस्तु बेच्ने एकजना पक्राउ
SHARES

असोज २५, २०७५

    बुटवल : सुन भन्दै झुक्याएर पहेँलो वस्तु बेच्ने दुईजना बुटवलमा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बुटवलले देवदह १० का २७ वर्षीय राजु परियार र नवलपरासी पाल्हीनन्दन ६ का अब्दुल पखियालाई पक्राउ गरेको हो। 

    उनीहरूले रुकुम त्रिवेणी गाउँपालिका ६ घर भई दाङ तुल्सीपुर बस्ने २३ वर्षका नरहरि घर्तीलाई सुन भनेर २१ लाख २५ हजार रुपैयाँमा पहेलो वस्तु बेचेका थिए। असोज २२ गते सुन किन्ने घर्तीले नक्कली भन्ने थाहा पाएपछि प्रहरीमा उजुरी दिएको र उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दिलबहादुर मल्लले जानकारी दिए। उनीहरुका साथबाट १२ लाख रुपैयाँ नगद, नक्कली सुनको ढिक्का एकथान र २ थान मोबाइल पनि बरामद भएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]