|

लमजुङ : एग्रो मनाङ प्रालिको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको आगमन भएको छ। ङिस्याङ गाउँपालिका १ भ्राताङस्थित ७३५ रोपनी क्षेत्रफलमा रहेको स्याउ फर्मको उद्घाटनका लागि प्रधानमन्त्री ओली मनाङ आएका हुन्।

स्याउ फर्मको उद्घाटन गर्दै देशको आर्थिक समुन्नतिका लागि घरेलु उत्पादनलाई निर्यात गर्न सकिएको खण्डमा देशको आर्थिक समद्धि हुने बताए। साथै उनले यस्तो स्याउ उत्पादनले देशलाई आधुनिकीकरण र व्यवसायीकरणका लैजाने भन्दै एग्रो मनाङ प्रालिको गुणगान गाउनु भएको थियो। स्याउ फार्मको अवलोकनसँगै स्याउ प्रशोधन केन्द्रको पनि अवलोकन गरेका थिए। प्रधानमन्त्री ओलीका साथ कृषिमन्त्री चक्रमणी खनाल, संसदीय दलका उपनेता सुवास नेम्बाङ, नेकपाका महासचिव विष्णु पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतको सहभागिता थियो।

मनाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पोल्देनछोपाङ गुरुङले करीब २० करोड रुपैयाँको लगानीमा स्थापना गरेको गरेका हुन्। गुरुङले ४ वर्षअघि इटली र सर्भियाबाट दाला किक्को मेमा, गोल्डेन डेक्सियन मेमा र फुजी बुबु्रेक्स जातका विरुवा ल्याएर स्याउ खेती सुरु गरेका थिए। दक्षिण एसियाकै सबैभन्दा ठूलो स्याउ फार्म स्थापना गरी हाइब्रिड जातका स्याउ खेती गरेको हो। नेपालमा वार्षिक करिब १५ अर्ब रुपैयाँको स्याउ भारत र चीनबाट नेपाल भित्रिने गरेको भन्दै स्याउमा आत्मनिर्भर बन्न आफूले स्याउ खेती थालेको पाल्देन छोपाङ गुरुङले बताए। स्याउ फार्मबाट वार्षिक ४ सय टन उत्पादन गर्ने लक्ष्य रहेको छ।

स्याउ फर्मका लागि मनाङ मस्र्याङ्दी क्लबको जग्गा सन २०१५ देखि २७ वर्षका लागि भाडामा सम्झौता गरिएको हो। शुरुमा ८० हजार विरुवाबाट सुरु भएको स्याउ फर्ममा अहिले ६८ हजार बिरुवाहरु रहेको छ। अहिले स्याउ उत्पादनबाट बार्षिक ५ करोड रुपैयाँ आम्दानी रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.