पढ्नुस्, प्रहरी दिवसमा कसले कुन पुरस्कार पाए?

|

काठमाडौं : प्रहरी ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट पूर्वअतिरिक्त महानिरीक्षक (एआइजी) अमरसिंह शाह सम्मानित भएका छन्। प्रहरी सेवामा रहँदा महत्वपूर्ण योगदान गरेवापत उनलाई ६३ औँ प्रहरी दिवसको अवसरमा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको हो।

बिहीबार प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रमको आयोजना गर्दै प्रहरीले ६३ औँ स्थापना दिवस मनाएको थियो। प्रहरी दिवसको अवसरमा प्रधान कार्यालयले विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई समेत सम्मान गरेको छ। उत्कृष्ट कार्यसम्पादन गरेवापतको पूर्णशान्ति पुरस्कारबाट प्रदेश ४ बाट प्रहरी कार्यालय पोखरामा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्णबहादुर कार्कीलाई पुरस्कृत गरिएको छ।

त्यसैगरी, उत्कृष्ट प्रहरी कार्यालयको पुरस्कार जिल्ला प्रहरी कार्यालय झापाले पाएको छ। उत्कृष्ट प्रहरी व्यवस्थापकको पुरस्कार प्रहरी प्रधान कार्यालय जगेडा पुलमा कार्यरत एसपी प्रतापकुमार गुरुङ र महानगरीय नगर प्रहरी काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक सालिकराम तिमिल्सिनाले प्राप्त गरेका छन्।

उत्कृष्ट जग्गा पहलकर्ताको पुरस्कार जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत डिएसपी राजेन्द्र पोखरेलले पाएका छन्।

सर्वोत्कृष्ट ट्राफिकको पुरस्कार ट्राफिक महाशाखाका प्रहरी निरीक्षक विमल थापाले पाउँदा सर्वोत्कृष्ट प्राविधिक प्रहरीको पुरस्कार प्रहरी प्रधान कार्यालय कम्प्युटर निर्देशनालयका प्रहरी निरीक्षक दीपकराज अवस्थीलाई प्रदान गरिएको छ।

सर्वोत्कृष्ट अन्तरिक प्रशिक्षकको पुरस्कार सई सुमन थापा, सर्वोत्कृष्ट प्रहरी खेलाडीको पुरस्कार असई सुमन सुवेदी, सर्वोत्कृष्ट प्रहरी अनुसन्धानकर्ताको पुरस्कार असई कमल बस्याल, सर्वोत्कृष्ट बाह्य प्रशिक्षकको पुरस्कार प्रहरी हवल्दार शेषकनारायण चौधरीले प्राप्त गरेका छन्।

त्यसैगरी उत्कृष्ट दैवीप्रकोप उद्दारकको पुरस्कार प्रहरी चौकी कोयलपुर, मोरङका प्रहरी जवान सुरेश धामी र इलाका प्रहरी कार्यलय रानी, मोरङमा कार्यरत रामविनय यादव, योगन्द्र स्मृति साहसिक पुरस्कारबाट प्रहरी चौकी बिर्ता, पर्साका प्रहरी जवान गनकुमार खण्ड्का र सर्वोत्कृष्ट सामुदायिक प्रहरीको पुरस्कारबाट प्रहरी चौकी आसबारी, पर्साका लालमय गुरुङ पुरस्कृत भएका छन्।

त्यसैगरी, सह्रानीय काम गरेवापत असई प्रकाश खनाल, प्रहरी जवान कल्पना सुवेदी र प्रहरी जवान शर्मिला गुरुङ पुरस्कृत भएका छन्। प्रहरीलाई सहयोग गरेवापत कलाकार चन्द्रकला दाहाल, चितवनका बाबुराम अधिकारी र एनसेल नख्खुमा कार्यरत सचिन्द्र प्रधान पुरस्कृत भएका छन्। प्रहरीलाई निशुल्क जग्गा उपलब्ध गराएवापत वीरगन्जका पूर्वडिएसपीसमेत रहेका अलिनेष देवान पुरस्कृत भएका छन्।

पुरस्कार पाउने सबै जनालाई प्रधानमन्त्री केपी शर्मा अाेली र प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले कदरपत्र हस्तान्तरण गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.