|

पर्सा : शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख लालबाबुप्रसाद साह ४० हजार घुससहित पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले वीरगंजस्थित उनको क्वाटरबाट पक्राउ गरेको हो। जगरनाथपुर–३ मा रहेको नेपाल राष्ट्रिय निम्नमाध्यमिक विद्यालयको भवन निर्माणका लागि छुट्टिएको तीन लाख बजेट बैँकबाट निकासाका लागि फुकुवा गर्न भन्दै साहले घुस मागेको अख्तियार दुरुपयोग हेटौँडाका शाखा अधिकृत तीर्थराज उपाध्ययले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.