राजनीति

मेलम्चीका कारण बढी आलोचित भयौँ : महानगर प्रमुख शाक्य
SHARES

असोज २५, २०७५

    काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मेलम्ची खानेपानी आयोजनाका कारण काठमाडौं महानगर र आफू बढी आलोचित भएको बताएका छन्। बिहीबार पत्रकारहरूसँग भेटघाट गर्दै प्रमुख शाक्यले आफ्नो कार्यकाल मेलम्ची आयोजनाका खाल्डाखुल्डी पुर्दैमा बित्ने हो कि भनेर चिन्ता व्यक्त गरे। 

    ०४७ सालबाट सुरु भएको आयोजना हालसम्म पनि सम्पन्न नभइसक्दा आफू आउनेबित्तिकै मेलम्ची खानेपानी आयोजनाले बनाएको खाल्डो पुर्ने काम मात्र भइरहेको शाक्यले बताए। ‘मेलम्चीका कारण हामी बढी आलोचित बनेका छौँ। काठमाडौंको मेयरले के गरिरहेको छ भन्ने प्रश्न उठिरहेको छ’, महानगर प्रमुख शाक्यले भने ‘मेरो कार्यकाल खाल्डो खन्ने र पुर्नेमै सकिने हो कि भन्ने चिन्ता छ।’

    प्रमुख शाक्यले काठमाडौंवासीको बहुप्रतिक्षित आयोजना भएका कारण मेलम्चीका लागि सबैले साह्रोगाह्रो सहनु परिरहेको बताए। महानगरमा आफू आएपछि धेरै काम भएको भन्दै महानगर प्रमुख शाक्यले सम्पादन भएका कामको लामो फेहरिस्तसमेत प्रस्तुत गरे।

    काठमाडौंलार्इ हरियाली बनाउने अभियान सुरु गरिएको भन्दै प्रमुख शाक्यले रूख रोप्नका निम्ति सबैलार्इ प्रेरित गरिने बताए। जनचाहना अनुसारका काम भइरहेको भन्दै शाक्यले कतिपय विकासका काममा अवरोध सिर्जना हुँदा समस्या भएको समेत बताए। त्यस अवसरमा महानगर प्रमुख शाक्यले आर्थिक वर्ष ०७४/०७५ मा महानगरले गरेका कामका प्रगति विवणसमेत प्रस्तुत गरे।

    प्रगति विवरणको पूर्ण पाठः

    काठमाडौं महानगरपालिका 
    नगर कार्यपालिकाको कार्यालय

    सुन्धारा काठमाडौं, प्रदेश नं. ३ नेपाल

    वार्षिक प्रगति विवरण
    आर्थिक वर्ष २०७४।७५

    क) मुख्य मुख्य कार्य प्रगति
        सडक कालोपत्रे    ः        २५.५ कि.मी.

    • प्याच ओर्क :           ८७ हजार ८३४ बर्ग मि.
    • चालु योजना सम्पन्न :       रु. ६० करोड, संख्या २१७
    • नयाँ योजना सम्पन्न :      रु. ७ करोडको, संख्या ४८
    • चालु योजना      :     ल.ई. रु. १६८ करोड, दायित्व रु. ११६ करोड, संख्या १९०
    • मन्दिर, पाटी, ढुंगेधारा पुनर्निर्माण : सम्पन्न ८ वटा र चालु १२ वटा
    • लगनको सिलखाना भत्काई खुला क्षेत्रमा परिणत गरी त्यहाँ स्थानीय संस्कृति झल्किने पार्क निर्माण प्रक्रिया अगाडि बढाईएको छ ।
    • भुकम्प पीडित लाभग्राही संख्या ७१७१ मध्ये ५८९७ ले सम्झौता गरिसकेको छ ।
    • किस्ता भुक्तानी : पहिलो किस्ता ५८७०, दोश्रो किस्ता १११९ र तेश्रो किस्ता ७८१ लाभग्राहीले बुसिकेको छ । 
    • नगरस्तरीय आपतकालिन सेवा सञ्चालन केन्द्र राष्ट्रिय सभागृहमा स्थापना गरिएको छ ।
    • भुकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धमा ५०० जनालाई डकर्मी तालिम प्रदान गरिएको छ । 
    • रु. ४.४ करोडको लागतमा वारुणयन्त्र सहितको तालिम केन्द्रको भवन निर्माण समुद्घाटन भएको छ ।
    • बरिष्ठ जेष्ठ नागरिक (महिला ७५ र पुरुष ८० वर्ष) लाई घरघरमै चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण एवं महानगर भत्ता वार्षिक रु. १२ हजार प्रदान गरिएको छ । 
    • सामुदायिक कुकुर व्यवस्थापन र घाइते पशु व्यवस्थापन गर्न गैर सरकारी संस्थाहरुसँग सहकार्य गरिएको छ । 
    • आगामी २ वर्षमा सडक–मानव रहित काठमाडौं महानगर बनाउने घोषणा सहित यसको लागि मानव सेवा आश्रमसँग सम्झौता गरी सडक मानव व्यवस्थापनको कार्य प्रभावकारी रुपमा भैरहेको छ । अहिले पशुपति क्षेत्रमा लगभग सबै सडक–मानवको व्यवस्थापन गरिसकिएको छ । 
    • सबै ३२ वडाहरुमा Clean the City अभियान अन्तर्गत विभिन्न क्रियाकलापहरु सम्पन्न गरिएको छ भने प्रत्येक शनिबार विभिन्न संस्थाहरुसँग सहकार्य गरी वागमति, विष्णुमति नदी र रुद्रमति (धोवीखोला), चक्रपथ सरसफाई भईरहेको छ ।
    • Recharge Kathmandu कार्यक्रम अन्तर्गत विभिन्न स्कुल, पोखरी तथा वडा भवन गरी ८ स्थानमा Rain Water Harvesting तथा Ground Water Recharge गर्न प्रारम्भिक अध्ययन संम्पन्न भएको छ ।
    • सुन्धारा, न्युरोड गेट, महांकाल, वीर अस्पताल अगाडी, भोटाहिटी चोक, जमल चोक, रत्नपार्क आकासे पुल मुनी, सभागृह मोड, त्रिचन्द्र अगाडी, कमल पोखरी, कोटेश्वर, तीनकुने, त्रिपुरेश्वर, माईतिघर मण्डला, टंकेश्वर चोक, अनामनगर, कमलादी, कोटेश्वर र वानेश्वर लगायत २७ स्थानमा रहेको ट्राफिक आईल्याण्ड मर्मत गरी हरियाली प्रवद्र्धन गरिएको छ ।
    • विश्व वातावरण दिवश २०१८, जुन ५ का दिन विभिन्न वडा, निजी संघ संस्था, विद्यालय आदि क्षेत्रमा गरी २३७१ वटा विरुवा रोपिएको छ ।
    • ढल खोल्ने तथा सडक सरसफाईमा ५ थान जेट मेसिन खरिद गरी प्रयोगमा आएको छ ।
    • सडक सफा गर्ने बु्रमर मेसिन ५ थान खरिदको लागि बोलपत्र प्रक्रिया पुरा भई सम्झौता भएको छ । 
    • जथाभावी फोहोर फाल्ने १८१ जना व्यक्तिलाई कारवाई गरी रु. ५ लाख जरीवाना रकम असुली गरिएको छ ।  
    • विभिन्न स्थानबाट कालोतार ४५ ट्रिप अन्तिम रुपमा व्यवस्थापन गरिएको ।
    • सबै वडाहरुमा प्राविधिक जनशक्ति पठाई Ward Technical Desk खडा गरी सम्बन्धित वडाबाटै प्राविधिकबाट चेक जाँच गर्ने व्यवस्था मिलाइएको र सवै प्राविधिकहरुलाई Digital Signature को तालिम दिइसकिएको छ । SMS वाट सम्बन्धित घरधनीलाई नक्सापासको सुचना दिने व्यवस्था गरिसकेको छ ।
    • भवन निर्माण मापदण्डलाई समयानुकुल परिमार्जन गर्ने उद्देश्यले भवन निर्माण मापदण्ड, २०७५ र भवन निर्माण कार्यविधि २०७५ तर्जुमा गरी भवन निर्माण कार्यलाई सरल, सुरक्षित एवं नियमनको कार्य प्रभावकारी ढंगले भईरहेको छ ।
    • भवन निर्माण विभागवाट आ.व. २०७४/७५ को हालसम्मको नक्सा पास सम्वन्धी विवरणः

    नक्सा दर्ता संख्या    ३२०६
    स्थायी इजाजत    २७३४
    निर्माण सम्पन्न    ३३२६

    • महिला वालवालिका र समाजकल्याण विभागबाट वितरण हुँदै आएको जेष्ठ नागरिक परिचय पत्र २०७४ मंसिरबाट ३२ वटै वडाबाट वितरणको व्यवस्था मिलाईएको छ ।
    • राजस्व ऐन, २०७५ र आर्थिक ऐन, २०७५ जारी गरी राजस्व प्रशासनलाई पारदर्शी, निष्पक्ष, तजविजी अधिकारमुक्त, सरल र वैज्ञानिक बनाईएको छ ।
    • आन्तरिक श्रोत मध्ये घरजग्गा कर रु. ५८ करोड, बहाल कर रु. ५६ करोड, विज्ञापन कर ११ करोड र व्यवसाय कर रु. १० करोड संकलन गरिएको छ ।
    • आन्तरिक र बाह्य श्रोतबाट करिब ५०० करोडका दरले परिचालन हुने लक्ष्य राखिएकोमा आन्तरिक श्रोतबाट रु. २२९ करोड र सरकारी अनुदान रु. ३०० करोड परिचालन भएको छ ।
    • काठमाडौं महानगरपालिका सहकारी ऐन, शिक्षा ऐन तथा निमायवली जारी गरिएको छ । 
    • पूर्वाधार सुधार तथा विकासतर्फ गत आर्थिक वर्ष २०७३।७४ मा रु. १६१ करोड खर्च भएकोमा आ.व. २०७४।७५ मा रु. ३७५ करोड खर्च भएको छ । यो भनेको अघिल्लो वर्षको तुलनामा २३३ प्रतिशतले बढी हो । 
    • यद्यपि पूर्वाधार विकासमा विनियोजित बजेट रु. ९६७ करोडको ३९ प्रतिशत अर्थात रु. ३७५ करोड मात्र खर्च भएको देखिन्छ । आन्तरिक श्रोत परिचालनमा कमी,  बाह्य श्रोतको अनिश्चितता, संस्थागत क्षमता र लामो खरिद प्रक्रियाको कारण विकास खर्च अपेक्षित हुन सकेको छैन ।  
    • आधारभूत कक्षासम्मको परीक्षाको नतिजा एक हप्ता भित्र प्रकाशित गरी अनलाईनबाटै नतिजा र मार्कसिट हेर्न तथा निकाल्न सकिने व्यवस्था गरिएको छ ।
    • शिक्षा ऐन तथा नियमावली जारी गरिएको छ ।
    • महानगरपालिकालाई स्मार्ट सिटी बनाउने दिशातिर काम सुरु भएको छ । यसको लागी ई–केएमसी गभर्नेन्स कार्यक्रम कार्यान्वयन गर्न जी–क्लाउड रजिष्ट्रेशन, इबीपीएस परामर्शदाता छनौट गर्ने कार्य भइसकेको छ । महानगरपालिकामा अहिले उपलब्ध सबै सुविधाहरूलाई एकीकृत रुपमा अनलाइन मार्फत उपलब्ध गराउन यो टीमले काम गरिरहेको छ । ‘वे टु स्मार्ट सिटी’ नामको छुट्टै कार्यक्रम सञ्चालन गरी त्यसको लागि जीआईएस बेस डाटा संकलनको काम भइरहेको छ ।  
    • मिसिल व्यवस्थापन Document Management System (DMS)  मिसिल शाखा मार्फत १ लाख ६४ हजार फाईल Digitizeगर्ने कार्य सम्पन्न भएको छ ।
    • गुनासो Gunaso Mobile Application  खरिद गरी निर्माण कार्य सम्पन्न भएको छ ।
    • Cultural Mobile Application  खरिद गरी निर्माण कार्य सम्पन्न भएको छ ।
    • SMS System  खरिद गरी कार्यान्वयनमा ल्याइएको छ । 
    • आर्थिक वर्ष २०७४।७५ मा कुल १४९ प्याकेजको कुल लागत रु. ७१.७० करोडको रु.  ५८.५४ करोडमा खरिद सम्झौता गरी लागत भन्दा करिब १८.३५ प्रतिशत घटीमा सम्झौता भएको छ ।
    • चक्रपथमा मोनोरेल सञ्चालन गर्न CRCC 25th Bureau Company लाई सम्भाव्यता अध्ययनको लागि सम्झौता गरिएकोमा उक्त कम्पनीबाट अध्ययन प्रतिवेदन प्राप्त भईसकेको छ । अहिले उक्त सम्भाव्यता प्रतिवेदनलाई महानगरपालिकाले अध्ययन गरिरहेको छ ।  
    • कलंकीदेखि तिलगंगासम्म मोनोरेल सञ्चालनको लागि DPRतयार गर्न Cimex Pvt. LTd लाई जिम्मेवारी दिईएको छ ।
    • Smart Vertical Car Parking परियोजनामा लगानीकर्ताको छनौट गर्न आशयपत्र माग गरी प्रस्ताव सूचिकृत गरी दोश्रो चरणको खरिद प्रक्रिया प्रारम्भ भएको छ । काठमाडौं वडा नं. २२ को धर्मपथमा उक्त स्मार्ट कार पार्किङ निर्माण गर्ने योजना रहेको छ । 
    • निजी क्षेत्रको लागानीमा ट्राफिक आवागमन सहज बनाउन लोकेशन म्याप सहितको स्मार्ट ट्राफिक साईनेज जडान तथा सञ्चालन गरिएको छ । 
    • निजी क्षेत्रको संस्था वल्र्ड लिंकको लगानीमा काठमाडौं महानगरपालिकाले थप ६ स्थानमा वाई फाई फ्री गरिएको छ ः बौद्ध, पशुपतिनाथ, स्वयम्भू, शंखपार्क, हनुमानढोका दरबार क्षेत्र परिसर र बालाजु बाईसधारा उद्यान ।
    • फुटबल खेल प्रवद्र्धन गर्न ६ वटा ए डिभिण्जन क्लबको लागि प्रति क्लब करिब रु. १० लाखका दरले ६० लाख सहयोग उपलब्ध गराईएको छ ।
    • Smart  Parking and Smart Public Toilets निर्माण र सञ्चालनको लागि डिजाईन, खरिद एवं निर्माण र सञ्चालन प्रारुप तयार गरिएको छ ।
    • हनुमानढोका दरबार क्षेत्रमा रहेका विभिन्न १७ वटा सम्पदा एवं अन्य पूर्वाधार सुधार कार्यहरू करिब रु. ६ करोड लागतमा सम्पन्न भएको छ ।
    • हनुमानढोका दरबार क्षेत्रमा रहेका करिब रु. ८ करोड लागतको विभिन्न २६ वटा सम्पदा एवं अन्य पूर्वाधार सुधार कार्यहरु निर्माणाधिन अवस्थामा रहेको छ । 
    • ऐतिहासिक सम्पदा काष्ठमण्डपको निर्माण कार्य स्थानीय जनताद्वारा गठित पुनर्निर्माण समिति मार्फत अगाडि वढाइएको । यसको लागि महानगरपालिकाले सिड मनीको रुपमा रु. ५० लाख प्रदान गरेको थियो भने नयाँ बजेटमा रु. ८ करोड विनियोजन गरेको छ । हाल पुनर्निर्माण समितिले यसको ड्रइङ बनाउने, आवश्यक काठ तयार गर्ने, दक्ष कालिगढ खोज्ने कामलाई तीव्र गतिले अघि बढाइरहेको छ । आगामी वर्षको असारसम्म पहिलो तल्ला उठाइसक्ने लक्ष्यका साथ काम अघि बढिरहेको छ । 
    • हनुमानढोका दरवार क्षेत्र बसन्तपुर परिसरमा रहेका सम्पदाहरु मध्ये कुमारी घर, शिव पार्वती मन्दिर, माजु देगः जीर्णोद्धार कार्य अघि बढेको छ ।   
    • रानीपोखरी निर्माण कार्यको लागि साबिकको ठेक्का रद्द गरी नयाँ निर्माण व्यवसायी छनौट गर्न खरिद प्रक्रिया अगाडि बढाइएको छ । यसको लागि १४ करोड लागत बजेट विनियोजन गरिएको छ ।
    • महाराजगंज चोकमा रु. २८ लाखको लागतमा मनपाले निर्माण गरेको ट्राफिक लाइट भोलि ट्राफिक कार्यालयलाई हस्तान्तरण गरिँदै छ । यो ट्राफिक लाइटबाट उक्त क्षेत्रको ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

    वडाबाट सञ्चालित मूख्य कार्यक्रमहरुः

    • सबै वडामा ब्लक छाप्ने, ढल मर्मत गर्ने, सडक ग्राभेल, ढलान एवं पिच, कल्भर्ट, खानेपानीको पाइप बिच्छ्याउने कार्य, इनार बोरिंग निर्माण जडान कार्य,  फ्रि वाई फाई, सिसि क्यामरा जडान, सामुदायिक भवन, पार्क तथा हरियाली, कौशी खेती एवं क्लिन द सिटी अभियान सञ्चालन, रिटेनिंग वाल लगाउने, मन्दिर, ढुंगेधारा, सतल आदि भौतिक सम्पदा मर्मत, जीर्णेाद्धार एवं रंगरोगन, सडक बत्ति राख्ने कार्य भएको छ ।
    • सामुदायिक विकास कार्यक्रम, क्षमता विकास कार्यक्रम, लक्षित वर्ग विकास कार्यक्रम, जात्रा पर्व, स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । 
    • कामपा १८ वडास्थित देक्व पार्कमा सार्वजनिक शौचालय मर्मत गरी कmबचत बनाईएको छ ।
    • कामपा १८ वडाकै तपिंता दक्षिण बिष्णुमती किनारमा पार्क निर्माण गरिएको छ । १८ वडा कार्यालयले अहिले आफ्नो वडाभरिका सम्पूर्ण सडक गल्लि पीच गर्ने कार्य सम्पन्न गरिसकेको छ ।  
    • कामपा १२ वडास्थित पचली भैरव भजन घर पछाडिको पाटी भवनमा शौचालय निर्माण गरिएको छ ।
    • कामपा १९ वडास्थित सार्वजनिक स्नानघरमा शौचालय निर्माण तथा ढलान कार्य सम्पन्न गरिएको छ ।
    • कामपा ३, ४ वडा लगायत वडास्तरबाटै १०० रोपनी भन्दा बढी सार्वजनिक जग्गा अतिक्रमणबाट संरक्षण गरी खुलास्थलमा परिणत गरिएको छ ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]