|

काठमाडौं : मदन पुरस्कार गुठीले यस वर्षको  मदन तथा जगदम्बा-श्री पुरस्कार प्रदान गरेको छ। पुरस्कृत हुनेमा साहित्यकार नीलम कार्की निहारिकाको ‘योगमाया’ उपन्यास र बाल साहित्यकार शान्तदास मानन्धर रहेका छन्। दुवै पुरस्कारको राशी दुई/दुई लाख रहेको छ।

मदन पुरस्कार गुठीले पुरस्कार दिने वर्षभरि प्रकाशित भएका पुस्तकहरू मध्येबाट छानेर पुरस्कार प्रदान गर्ने गर्दछ। २०७४ सालमा नेपालमा प्रकाशित भएका२५३ पुस्तक मध्येबाट गुठीले मदन पुरस्कारका लागि ८ पुस्तकको नाम सार्वजनिक गरेको थियो।२०७४ सालमा प्रकाशित कृति मध्ये  मदन पुरस्कार गूठीले  प्राप्त गरेका विभिन्न पुस्तक मध्ये पुरस्कारका लागि कार्कीको 'योगमाया' छनोट गरेको थियो। छनोटमा विभिन्न पुस्तकहरू परेका थिए। राज माङ्लाकको ‘लिम्बूनी गाउँ’ तीर्थ गुरुङको ‘पाठशाला’,ध्रुवसत्य परियारको ‘कैरन’, यज्ञशको ‘भुइयाँ’, सरस्वती प्रतीक्षाको ‘नथिया’,नयनराज पाण्डेको ‘यार’, मोहन वैद्य ‘किरण’ को ‘हिमाली दर्शन’ र नीलम कार्की ‘निहारिका’ को ‘योगमाया’ छनाेटमा परेका थिए।

मदन  पुरस्कार ग्रहण गरेपछि निहारिकाले यो पुरस्कार प्राप्त गर्नु आफैमा गौरवको विषय भएको बताइन्। साहित्य सिर्जना गर्दै जाँदा आफूले पाएको यो सम्मानले लेखनमा थप जिम्मेवारी थपिएको उनले धारणा व्यक्त गरिन्। कार्यक्रममा उनले आफूलाई साहित्यमा लाग्न प्रेरित गर्ने  दिवंगत साहित्यकार दाहाल यज्ञनिधिलाई समेत सम्झना गरिन्। आफू यो स्थानमा आउन विभिन्न क्षेत्रका व्यक्तिहरूको साथ र सहयोग रहेको समेत उनले बताइन्।

योगमायाका बारेमा निहारिकाले भनिन्, 'योगमायामा मेरो विमति छ। तिमीलाई नारी मुक्तिसँग मात्र जोडेर हेरिन्छ भने किमार्थ सह्य हुँदैन। त्यहाँनेर फेरि तिमीमाथि हामीबाट ठूलो अन्याय हुन जान्छ। आफ्नो ज्यानको पर्वाह नगरी सम्पूर्ण समाज सुधारको निम्ति अग्रणी भूमिकामा थियौँ नि तिमी!'

बालबालlकाको स्तरोन्नति र प्रवर्द्धनमा लामो समय साहित्य सिर्जनामा लागेका मानन्धरले  पुरस्कार ग्रहण पश्चात आफूलाई खुशी लागेको बताए। उनले यो खुशी सबै बालबालिकालाई बाड्न चाहेको समेत बताए। 'बालबालिका धरिला र मर्यादापूर्ण पनि हुन्छन्। बालबालिकाबाट त्यति बेलै पाएको उनीहरूको ममतापूर्ण चासो र मायाको भने म बयानै गर्न सक्दिन' उनले थपे, 'मलाई विश्वास छ। बालबालिकाको क्षेत्रमा लागिरहेका हामीहरू ‘आफ्ना नानीहरूबारे आमा जत्तिकै चिन्तित भएर आशावादी’ हुँदै लागिरहनेछौँ।'

विसं २०१२ साल असोज १० गते मदन शम्शेर र जगदम्बाका नाममा पुरस्कार स्थापनाको घोषणा गरिएको थियाे। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.