|

काठमाडौं : सरकारी स्वामित्वको खाद्य संस्थानले दशैंका लागि खसि बोकाको मूल्य निर्धारण गरेको छ। गत वर्षको तुलनामा मूल्य वृद्धि गरी विहीबार निर्धारण गरिएको हो। 

संस्थानका अनुसार यो पटक खसीबोका प्रतिकिलो ५ सय र च्याङ्ग्रा प्रतिकिलो ७०० मा उपभोक्ताले पाउँने गरी मूल्य निर्धारण गरिएको हो। संस्थानका प्रवक्ता शंकर सापकोटाकाअनुसार संस्थानले निर्धारण गरेको खसीको ५१० र च्याङ्ग्राको ७१० रुपैयाँ प्रतिकिलोको मूल्यमा १० रुपैयाँ उपभोक्तालाई छुट दिइएको छ।

  संस्थानले गत वर्ष खसीबोका प्रतिकिलो ४५५ रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो ६७५ रुपैयाँ मुल्य तोकेको थियो। गतवर्षको तुलनामा यो बर्ष खसीबोकामा प्रतिकिलो ४५ र च्याङ्ग्रामा २५ रुपैयाँ मूल्य बढेको छ।संस्थानले कार्यालय परिसर थापाथलिबाट दसैंका लागि काठमाडौमा १ हजार खसी र १ हजार च्याङ्ग्रा बिक्री गर्ने जनाएको छ। उने लक्ष्य दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.