अर्थ

वाणिज्य बैंकको नयाँ व्याजदर , बचत खातामा ५ प्रतिशत
SHARES

असोज २५, २०७५

    काटमाडौं : वाणिज्य बैंकहरुले एकआपसमा मिलेमतो गरी नयाँ व्याजदर कायम गर्ने समझदारी गरेका छन्। नेपाल बैंकर्स संघको बिहीबारको बैठकले व्यक्तिगत बचत खातामा पाँच प्रतिशतसम्म व्याज दिने समझदारी गरेका हुन्। बैठकमा २८ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको सहभागिता थियो। 

    यस्तै व्यक्तिगत मुद्दती खातामा नौ प्रतिशत र संस्थागत मुद्दती खातामा भने १० प्रतिशतसम्म व्याज दिने भएका हुन्। केही बैंकले निक्षेप तान्न भन्दै बचत खाता र मुद्दती खातामा बढी व्याज दिन थालेका थिए। त्यसबाट बचतकर्तालाई भने फाइदा भएको थियो। 

    नवील बैंकका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष अनिलकेशरी शाहले व्याजदरमा केही सामान्य समझदारी भएको जानकारी दिए। उनले बैंक तथा वित्तीय संस्थाका विषयमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र संवद्ध बैंकका सरोकारवालाबीच भइरहेको छलफलको निरन्तरताका क्रममा संघको बैठक बसेको बताए। 

    यसअघि साधारण बचतमा सात प्रतिशतसम्म र मुद्दतीमा १० दशमलव ५० प्रतिशतसम्म व्याज दिने समझदारी बैंकहरुले गरेका थिए। तर केही बैंकले भने संस्थागत बचतकर्तालाई तोकिएभन्दा बढी व्याजदर दिएको भन्दै बैकर्स संघमा उजुरी गरेका थिए। 

    गत साउनदेखि हालसम्म बैंकहरुले३९ अर्ब निक्षेप संकलन गरेका छन्। तर सोही अवधिमा ९२ अर्ब कर्जा प्रवाह गरेका छन्। निक्षेप संकलन र कर्जा प्रवाहमा सन्तुलन नभएपछि बजारमा फेरि लगानीयोग्य रकमको अभाव हुनसक्ने सम्भावना देखिएको छ। बजारमा करिव ३५ अर्बको हाराहारीमा मात्रै तरलता रहेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]