अर्थ

'६३ रुपैयाँ पर्ने चिनी १०० रुपैयाँ पुग्दा पनि अनुगमन भएन' : संसदीय समिति
SHARES

फाइल फोटो
असोज २५, २०७५

    काठमाडौं : प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दशैँलगायतका चाडपर्वका बेला जनतालाई मारमा पार्ने गरी चिनीलगायतका दैनिक उपभोग्य वस्तुको बिक्री वितरण भइरहेको उल्लेख गर्दै बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन सरकारलाई पुनः सचेत गराएको हो।

    बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा चिनीको मूल्य प्रतिकेजी सय रुपैयाँमा बिक्री वितरण हुँदा पनि सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको भन्दै समितिका सदस्यहरुले आक्रोश व्यक्त गरेका थिए। 

    बजार अनुगमनको कामलाई प्रभावकारी बनाएर चिनीलगायतका दैनिक उपभोग्य वस्तु सहज रुपमा उपलब्ध गराउन सरकारलाई पुनः निर्देशन दिनु परेको समितिका सभापति विमलप्रसाद श्रीवाास्तवले जानकारी दिए। समितिले चिनी उद्योग र त्यसको सम्पूर्ण गतिविधिसमेतको विवरण समितिमा पेश गर्न पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।

    बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले सीमित स्रोत, साधनका कारण सबै ठाउँमा बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन नसकिएको स्पष्टिकरण दिए। उनले आफू स्वयम् उपभोक्ता भएकाले बजारमा बढेको मूल्यले पीडा दिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सक्दो पहल गरिएको दावी गरे।

    सचिव घिमिरेले ठूला बजार अनुगमनको कामलाई भने सरकारले प्रभावकारी ढंगले अघि बढाएको दावी पनि गरे। बैठकमा समितिका सदस्यहरुले उखु किसानको बक्यौता रकम चिनी मिलबाट उपलब्ध गराउन नसकेको भन्दै सरकारको चर्काे आलोचना पनि गरेका थिए।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]