|
फाइल फोटो

काठमाडौं : पूर्वमन्त्री तथा सार्वजनिक लेखा समितिका सदस्य हृदयश त्रिपाठीले कृषि मन्त्रालय हटाउने सवालमा लेखा समितिले छलफल गर्नु पर्ने बताएका छन्। उनले कृषि मन्त्रालयले किसानको पक्षमा काम गर्न नसकेको भन्दै बिहीबारको लेखा समितिको बैठकमा यस्तो बताएका हुन्। 

कृषि मन्त्रालय कर्मकाण्डी मात्रै भएकोले मन्त्रालय हुनु र नहुनु कुनै अर्थ नरहेको बताएका छन्। 'कि मन्त्रालय हटाउन पर्‍यो कि मन्त्रालयको पुन: गठन गर्नु पर्‍यो' त्रिपाठीले भने। उनले मन्त्रालय संचालनको लागि राज्यले ठूलो रकम खर्च गर्नु परेको तर मन्त्रालयले प्रतिफल दिन नसेको आरोप लगाएका छन्। 

'अहिले १०० रुपैयाँमा १८ रुपैयाँ मात्र कृषकको लागि खर्च भएको छ, बाँकी ८२ रुपैयाँ कर्मचारीले भ्रमण लगायत अनावश्यक विषयमा खर्च गरेका छन्’ त्रिपाठीले भने। 
किसनाको पक्षमा उखुको मूल्य निर्धारण हुन नसकेको आक्रोश व्यक्त गर्दै यस्तो प्रस्ताव गरेका हुन्।  

‘कृषकले चिनि उत्पादन गर्छन्, तेस्रो पाटिले मूल्य निर्धारण गर्नुपर्ने वातावरण बन्नु भएन, आफूले उत्पादन गरेको उखु आफैँ मूल्य निर्धारण गर्न पाउनु पर्छ’ त्रिपाठीले भने। ;b;\o त्रिपाठीले कृषि मन्त्रालयको काम कारबाही प्रति असन्तुष्टि जनाए पनि अन्य सदस्यहरू भने यस विषयमा प्रवेश गरेनन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.