|
फोटो : गोल नेपाल

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बिहीबार थ्री स्टार क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन्। पहिलो खेलमा उपाधिको दाबेदार थ्री स्टारले फ्रेण्डस् क्लबलाई २–१ ले हरायो।

थ्री स्टारले पहिलो हाफको १६औँ मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो। थ्री स्टारका लागि रन्जन विष्टले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलको अग्रता लिएको थ्री स्टारले दोस्रो हाफमा पनि १ गोल थपेको थियो। 

दोस्रो हाफको ८३औँ मिनेटमा गोल गर्दै थ्री स्टारले २–० को अग्रता बनाएको थियो। उसका लागि बुद्धराज लिम्बूले गोल गरेका थिए। १० मिनेट समय थपिएकोमा अतिरिक्त समयको पहिलो मिनेटमा फ्रेन्डसले एक गोल फर्काएको थियो। फ्रेन्डसका लागि विकास लामाले गोल गर्दै थ्री स्टारको अग्रतालाई  २–१ मा ल्याएका थिए।

अर्को खेलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई १–० ले पराजित ग¥यो। डिफेन्डर अजित भण्डारीको पहिलो हाफको गोल निर्णायक बन्दा पुलिस तीन अंक जित्न सफल भयो। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको खेलको ३१औँ मिनेटमा पुलिसले अग्रता लिएको थियो। तेज तामाङको पासको सदुपयोग गर्दै अजितले गोल गरेका थिए। जितसँगै पुलिसले लिगमा पहिलो तीन अंक जोडेको छ।

लिगमा शुक्रबार हिमालयन शेर्पा क्लब र एपीएफ तथा ब्रिगेड ब्वइज र मनाङ मस्र्याङ्दी क्लबबीच खेल हुने। हिमालयन शेर्पा र एपीएफबीचको खेल विहान ११ बजे हुनेछ भने दोस्रो खेल ३ बजे सुरु हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.