राजनीति

प्रदेश २ मा अाठसदस्यीय संसदीय मूल्यांकन समिति
SHARES

असोज २५, २०७५

    जनकपुरधाम : प्रदेश २ को प्रदेशसभाले विनियोजन गरेको बजेटबाट भएका कामहरूको अध्ययन तथा अनुगमनका लागि अाठ सदस्यीय समिति गठन गरेको छ।

    प्रदेशसभामा पटक-पटक रकमको दुरुपयोग भएको आवाज प्रदेशसभा सदस्यहरूले उठाएपछि सो को अध्ययन तथा अनुगमनका लागि उपसभामुख उपमा देवको संयोजकत्वमा ८ सदस्यीय संसदीय समिति बनाइएको हो।

    समितिको सदस्यहरूमा प्रदेशसभा सदस्यहरू बच्चा राउत, रमेशप्रसाद कुर्मी, शत्रुधन महतो, शिवचन्द्र चौधरी, रामकुमार यादव, सावित्रीदेवी साह र प्रदेशसभा सचिवालयका सचिव रंजित यादव रहेका छन्।

    समितिले प्रदेश सरकारले खर्च गरेको रकम, विनियोजन गरेको रकमबाट भएका कार्यहरू गुणस्तरीय भए नभएको अनुगमन तथा निरीक्षण गरी आफ्नो प्रतिवेदन प्रदेशसभालाई बुझाउने छ।

    समितिको समयावधि सम्बन्धमा भने केही खुलाइएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]