राजनीति

निर्मलाकाे हत्यारा पत्ता लगाउन सरकार लागिपरेको छ : नेतृ पाल
SHARES

असोज २५, २०७५

    बैतडी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा सांसद निरुदेवी पालले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशाेरी निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकार लागि परेको बताइन्। बिहीबार बैतडीको पाटनमा किशोरी तथा महिलाको लागि आयोजना गरिएको आत्मरक्षा तालिमको समापनमा सहभागी हुन पुगेका पालले सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताइन्। 

    संघीय सांसदको महिला तथा सामाजिक समितिका सभापति समेत रहेकी पालले तल्कालीन एसपी डिल्लीराज विष्ट र बम दिदिबहिनीमाथि थप अनुसन्धान गर्नुपर्ने बताइन्। प्रहरीले प्रमाण नष्ट गरेको बताइन्। 'जानेर हो वा अन्जानमा होस प्रमाण नष्ट भएको छ। पन्तका परिवारले निर्मला हराएको दिन खोजी गर्न भने पनि तल्काल खोजी नगर्नु पनि प्रहरीको लापरवाही हो,' उनले भनिन्,'बम दिदिबहिनीको निर्मलाकी आमासँग गरेको व्यवहार हेर्दा उनीहरूमाथि पनि थप अनुसन्धान गर्नुपर्ने देखिन्छ।

    किशाेरी पन्तको हत्यारा जति ठूलो पावरवाल भए पनि सरकारले ढिला चाँडो भए पनि पत्ता लगाएर छोड्ने ठोकुवा उनले गरे।  उनले भनिन्,'जति ठूलो पावरवाल भए पनि कानुनी कठ्घरामा आउँछ।' प्रहरीमाथि प्रमाण मेटाएको आरोप लागी रहेकोले प्रहरीका तत्कालीन कञ्चनपुरका अधिकारीमाथि नै थप अनुसन्धान गर्नुपर्नेमा जोड  दिए। एक फरक प्रसंगमा उनले ‘समृद्ध नेपाल र सुःखी नेपाली’ बनाउने अभियानलाई सार्थक बनाउन सबैले लाग्न आह्वान गरिन्।  

    आत्मरक्षा तालिम सम्पन्न 

    बैतडीको पाटनमा किशोरी तथा महिलाको लागि आयोजना गरिएको तीनदिने आत्मरक्षा तालिम आज सम्पन्न भएको छ। राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको समन्वयमा सञ्चालन भएको तालिममा ३०० बढी किशोरीहरूको सहभागिता रहेको थियो। तालिममा आफ्नो सुरक्षाका लागि किशोरीले अपनाउनुपर्ने आधारभूत सीपका विषयमा प्रशिक्षण दिइएको प्रशिक्षक सुरेन्द्र बिष्टले जानकारी दिए।

    तालिमले किशोरीलाई साहसी र सीपयुक्त बनाएको उनको दाबी छ। तालिमले आफूहरूलाई आफ्नो सुरक्षाका लागि महत्वपूर्ण सीप सिकाएको तालिममा सहभागी एलीशा भण्डारीले बताइन्। उनले भनिन्,'यसले आफूहरूलाई साहसी समेत बनाएको छ।' 

    किशोरी तथा महिलामाथि समाजमा विभिन्न खालका हिंसा भइरहेकाले त्यस्ता हिंसाको न्यूनीकरणका लागि तालिमको आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]