हुम्ला : हातहातमा मोबाइलले देशभर ल्यान्डलाइनको फोन प्रयोग कम हुँदै गएको छ। अझ इन्टरनेटले त एउटै घरका वल्लोपल्लो कोठामा समेत संवाद हुन थालेको छ।
नयाँ पत्रिका दैनिक लेख्छ, हुम्लाको नाम्खा गाउँपालिकास्थित लिमी गाउँका बासिन्दाले भने फोन गर्न पनि पालो कुर्नुपर्ने अवस्था छ। ‘एउटै फोन छ, जिमी क्षेत्रका तीन गाउँका बासिन्दाले फोन गर्नुपर्छ, त्यसैले पालो कुरेर बस्छौँ’, स्थानीय निमाछिरिङ तामाङले भने।
उनका अनुसार फोन दिउँसो घाम लागेका वेला मात्र चल्छ। बिहान, बेलुकी र राति काम दिँदैन। लिमीमा नेपाल टेलिकमको एउटा भी स्याट फोन छ। त्यसैका भरमा सबैले खबर आदानप्रदान गरिरहेको स्थानीय कोलाप्साङ तामाङले बताए।
लिमी क्षेत्रमा तिल, हल्जी र जाङ गरी तीन गाउँ छन्। तीनै गाउँमा २७५ परिवार बस्छन्। यहाँ एक–एक थान भी स्याट फोन छ। यी तीनै सेटबाट फोन गर्दा प्रतिमिनेट १० र आएको फोन रिसिभ गर्दा पाँच रुपैयाँ तिर्नुपर्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।