स्टार खेलाडी लियोनेल मेसीसहितका चर्चित अनुहारविहिन अर्जेन्टिनाले इराकमाथि शानदार जित निकालेको छ। साउदी अरेबियामा बिहीबार राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इराकलाई ४–० ले हराएको हो।
अर्जेन्टिनाको टिममा अधिकाशं युवा अनुहारलाई मौका दिएको थियो। उसका लागि लाउतारो मार्टिनेजले गोल गरे। उनको यो राष्ट्रिय टिमका लागि पहिलो गोल हो। यस्तै पाउलो डिबालाको सहयोगमा रोबर्तो परेयराले गोल गरे।
अर्जेन्टिनाका लागि तेस्रो गोल जर्मन पजेलाले गरेका हुन्। यस्तै फ्रान्को सेर्भीले गोल गरेपछि अर्जेन्टिनाले ४–० को जित निश्चित गरेको हो। यो खेलमा मेसीसहित सर्जियो अगुइरो, गोन्जालो हेगुइनलगाएत खेलाडीलाई टिममा समावेश गरिएको थिएन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।