|
प्रतीकात्मक तस्वीर

काठमाडौं : नेपाल खाद्य संस्थानले खसीबोका र च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ। संस्थानले शुक्रबारदेखि खसीबोका र च्याङग्राको  बिक्री खुला गर्न लागेको खबर कारोबार दैनिकले छापेको छ।

संस्थानले खसी प्रतिकेजी ५००  र च्याङग्रा प्रतिकेजी ७०० रुपैयाँ निर्धारण गरेको हो। संस्थानले प्रतिकेजीमा १० रुपैयाँ छुट दिएको हो। संस्थानले बिहीबार ५०० च्याङग्रा र २७१ वटा खसीबोका ल्याएको जनाएको छ।

चाडपर्वका बेला बजारमा अस्वाभाविकरूपमा मूल्यवृद्धि हुने भन्दै संस्थानले सहुलियत दरमा खसीबोका बिक्री गर्दै आएको छ। काठमाडौंमा दसैँमा मात्रै ५०–६० हजारको हाराहारीमा खसीबोका र च्याङ्ग्रा खपत हुने व्यवसायीको अनुमान छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.