प्रहरीले निगरानी बढाएसँँगै सुझायो १७ तरिका
प्रहरीले निगरानी बढाएसँँगै सुझायो १७ तरिका
काठमाडौं : ललितपुर इमाडोल महालक्ष्मी नगरपालिका १६ स्थित राजु तामाङको डेरामा मंगलबार राति चोरी भयो। इमाडोलमै म:म पसल चलाउने राजुको डेराको झ्यालबाट राति सुतिरहेको अवस्थामा चोरी भएको थियो। उनको २५ हजार रुपैयाँ नगद, मोबाइल, ल्यापटप लगायतका नगद र जिन्सी सामान चोरी भयो।
केही दिन अघिमात्र ललितपुरकै गोदावरी नगरपालिका- ९ छम्पीको एक घरमा राति गाडीमा आएको एक समूहले घर फोडेर लुटपाट गरे। लुटपाट गर्ने चार जनालाई ललितपुर प्रहरीले पक्राउ गर्यो।
प्रकाउ पर्नेमा सोमलाल स्याङ्तान, सोमलाल थिङ, राजु लामा र कुमार लामा रहेका थिए। उनीहरू चारै जना मकवानपुर ईन्द्रसरोवर गाउँपालिका- ५ का रहेको ललितपुर परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रविन्द्र धानुकले जानकारी दिए।
त्यसैगरी बुधबार भक्तपुर चाँगुनारायण नगरपालिका २ स्थित हनुमन्ते पुलमा मध्यपुर ठिमी ५ का जया कोइरालाको दुइ लाख नगद लुटियो। लुट्ने समुहका एक जना सुजन तामाङ पक्राउ परेका छन्। उनीमाथि भक्तपुर प्रहरीले अनुसन्धान गरिरहेको छ। त्यसै काठमाडौं प्रहरी परिसरले असोज यता विभिन्न साना ठूला चोरीका घटनामा संलग्न ६० जना भन्दा बढीलाई चोरी मुद्दामा अनुसन्धान गरिरहेको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
प्रहरीको तथ्यांक अनुसार असोज लागेदेखि उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौंका तिनवटै जिल्लामा सरदर साना ठूलागरी दैनिक तीनदेखि चारवटा चोरीका घटना घट्ने गरेको प्रहरीको भनाइ छ।
दशै तिहार छठ जस्ता वर्पमा मानिस घर छाडेर किनमेलमा व्यस्त हुने, साथीभाई, पारिवारिक भेटघाटमा भुल्ने हुँदा चोरहरूले मौका उठाएर चाँडबाडको समयमा चोरी गर्ने गरेको एसएसपी धानुकको भनाई छ।
देशभरकै प्रहरी कार्यालयले दशैं, तिहार र छठ पर्वलक्षित गरी विशेष योजना लागू गरिसकेका छन्। विशेष सुरक्षा योजना अन्तर्गत ठूलो मात्रामा सादा पोशाक र बर्दीका प्रहरी खटाइएको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार दशैंलाई सुरक्षित बनाउन देशभर ३१ हजार ३ सय ७९ जना प्रहरी खटिएका छन्। त्यसैगरी, २ हजार ७ सय १६ जना ट्राफिक खटिएका छन् भने १ सय ५४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
चाडपर्वलाई अपराधीले अवसरका रुपमा लिने गरेकाले अपराध नहोस् भन्दै प्रहरीले निगरानी सुरु गरेको छ। प्रहरीको एकल प्रयास मात्रै अपराध नियन्त्रण गर्न सम्भव नहुने भन्दै प्रवक्ता शैलेश थापा क्षेत्रीले आम नारिकलाई सहयोग गर्न अपिल गरेका छन्।
उपत्यकाबासीलाई प्रहरीको यस्तो छ अाग्रह
आफ्नो घर, टोल, छिमेकमा बत्तीको व्यवस्था मिलाएर रातभर टोल तथा सडकका बत्ती बाल्ने गर्नुहोस्। सम्भव भएसम्म आपत्कालीन साईरन राख्नुहोस्।
यदि कुनै घटना भइहालेमा वा आपराधिक व्यक्तिको कुनै जानकारी भएमा प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गर्न पनि प्रहरीले आग्रह गरेको छ। त्यसैगरी काठमाडौं प्रहरी परिसर प्रमुखको नम्बर ९८५१२०५५५५, ललितपुर प्रहरी प्रमुखको नम्बर ९८५१२२५५५५ र भक्तपुर प्रहरी प्रमुखको नम्बर ९८५१२१५५५५ मा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।