समाज : सुरक्षा/अपराध

ट्याक्टर दुर्घटनामा महिलाको मृत्यु
SHARES

असोज २६, २०७५

    भोजपुर : भोजपुरको ट्याम्केमैयुम गाउँपालिकाबाट खोटाङ्गको खोटेहाङ्ग गाउपालिका तर्फ किराना सामान लोड गरी जाने क्रममा बिहीबार ट्याक्टर दुर्घटना हुदाँ एक महिलाको ज्यान गएको छ। 

    भोजपुरको ट्याम्केमैयुम गाउँपालिका–९ लेखर्कको बलौटेभञ्ज्याङ सडकखण्डमा भोजपुरको पान्धारेबाट किराना सामान लोड गरी खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा तर्फ जादै गरेको को २ त ४६१८ न. को ट्याकटर बिहीबार दुर्घटनामा परेको हो। ट्याक्टरमा सवार खोटाङको खोटेहाङ गाँउपालिका–२ वाप्लुखा बस्ने ३२ वर्षीया निङल्हामु शेर्पाको ट्याक्टरबाट ओर्लने क्रममा अनियन्त्रित भई  ढुङगामा ठोकिन पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले जानकारी दिए।

    ट्याक्टरका चालकलाई इलाका प्रहरी चौकी पान्धारेले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए। घटनास्थल प्रहरी चौकी पान्धारेबाट दुई घण्टा पश्चिममा रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]